जिल्लाको मानव अधिकार अवस्था बारे इन्सेकको अनुगमन

अनौचपारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश कार्यालयले सङ्खुवासभा र भोजपुरको मानव अधिकार अवस्थाका बारेमा अनुगमन गरेको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय प्रमुख सोमराज थापाले सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठ, इन्स्पेक्टर रामकुमार लामिछानेलाई भेटी जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा जानकारी लिएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कासँग कारागारमा मृत्यु भएका नागरिकका परिवारलाई राज्यले दिने क्षतिपूर्तिका विषयमा छलफल भएको प्रदेश प्रमुख थापाले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयले कारागारमा मृत्यु भएका परिवारका सदस्यलाई भेटी उनीहरूको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएर गृहमन्त्रालयसँगको समन्वयमा पीडितलाई दिने क्षतिपूर्तिका विषयमा ड्राफ्ट तयार गरिरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्काले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले जिल्लामा बालिका बलात्कारका घटनामा वृद्धि देखिएकाले इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग र राज्यबिच सहकार्य भइ सचेतनाको कार्यक्रम गर्न आवश्यक देखिएको डिएसपी श्रेष्ठले बताउनु भयो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जिल्लामा मानव अधिकार अवस्थामा राम्रो भएको बताउनु भयो । उहाँले इन्सेकसँग सहकार्य गरी मानव अधिकारका सवालमा काम गर्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सुदीप पाठकले प्रहरीमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा जोडिएर मुद्दा आउने भएकाले इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजले राज्यलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा छुट्टै संयन्त्र बनाउन दवाव सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बू, राजनीतिक दलका प्रतिनिधि मकर खड्का, नागरिक समाजका प्रतिनिधि नारायण कटुवाल, पत्रकार र अधिकारकर्मीसँग जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल गरेको इन्सेक कोशी प्रदेश कार्यालय प्रमुख, सोमराज थापाको भनाइ छ ।

Photo 20240519 Sangkhuawasha (1)

Photo 20240519 Sangkhuawasha (2)

Photo 20240519 Sangkhuawasha (2)

Photo 20240519 Sangkhuawasha (3)

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर