जातीय विभेद र लैङ्गिक हिंसाविरुद्ध सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिका- ५  स्थित जनता माध्यमिक विद्यालय बस्तेकोटमा गठित बाल अधिकार समूहको समन्वयमा जेठ ४ गते जातीय भेदभाव तथा लैङ्गिक हिंसाविरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका बाल अधिकार समूहले अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा जातीय भेदभाव र लैङ्गिक हिंसाले समाजमा भएको कुरीति अन्त्य गर्न सचेतना जगाउनलाई कार्यक्रम गरिएको मानव अधिकार शिक्षा कार्यक्रमका जिल्ला सहजकर्ता कलम नेपालीले जानकारी दिनुभयो ।

चेतना अभावमा कायम रहेको जातीय भेदभाव तथा लैङ्गिक हिंसाविरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रमले विद्यालय र समुदायमा सचेतना बढाउन सघाउ पुग्ने  जनता माध्यमिक विद्यालय बस्तेकोटका निमित्त प्रधानाध्यापक दिनेश भण्डारीले बताउनुभयो ।

 

Photo20240519Dailekh (1)

Photo20240519Dailekh (2)

अमर सुनार