जातीय भेदभाव तथा लैङ्गिक हिंसाविरुद्ध सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा दुल्लू नगरपालिका– ७ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किर्तिखम्बमा गठित बाल अधिकार समूहको समन्वयमा जेठ ३ गते जातीय भेदभाव तथा लैङ्गिक हिंसाविरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।
दुल्लू नगरपालिका बाल अधिकार समूहले अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा जातीय भेदभाव र लैङ्गिक हिंसाले समाजमा भएको कुरीति अन्त्य गर्न सचेतना जगाउन सडक नाटक प्रदर्शन गरिएको मानव अधिकार शिक्षा कार्यक्रमका जिल्ला सहजकर्ता कलम नेपालीले जानकारी दिनुभयो ।
समाजको चेतना अभावमा कायम रहेको जातीय भेदभाव तथा लैङ्गिक हिंसाविरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रमले विद्यालय र समुदायमा सचेतना बढाउन सघाउ पुग्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किर्तिखम्बका प्रधानाध्यापक हिरा खड्काले बताउनुभयो।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…