जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ ।
इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला निकायको आयोजनामा मनाइएको दिवसमा प्रभातफेरी, खुल्ला रक्तदान र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल सरकारले ०६३ जेठ २१ गते भेदभाव तथा तथा छुवाछूत उन्मुलन घोषणा गरेको छ । ०६८ देखि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाउन थालिएको हो ।
मुलुकी ऐन २०२० साल देखि छुवाछूत प्रथा हटाइए पनि समाजमा कायमै रहेको जातीय भेदभावलाई हटाउन गरिएको विभिन्न आन्दोलनहरुको उपलब्धिको रुपमा ०६३ सालमा छुवाछूतमुक्त राष्ट्र घोषणा गरिए पनि समाजमा छुवाछूत अझै कायम रहेको अन्तरक्रियामा सहभागीहरुले बताएका छन् ।
नेपालको संविधानको प्रस्तावनामाः वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्किक, विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागीतामूलक सिद्धान्तका आधारमा समानतामुलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । संविधानको धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हकलाई व्याख्या एवम् व्यवस्था गरिएको छ ।
संविधानको धारा ४० मा दलितको हकलाई व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ । सार्वजनिक सेवालगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागीताका लागि कानुन बमोजिम विशेष व्यवस्था गरिनेछ, दलित विद्यार्थीलाई प्राथमिक देखि उच्च शिक्षासम्म कानुन बमोजिम छात्रवृत्तिसहित निशुल्क शिक्षाको व्यवस्था गरिनेछ उल्लेख छ ।
दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयको परिसरबाट शुरु भएको प्रभातफेरीले फिदिम बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । अन्तरक्रिया कार्यक्रम समता नेपालका अध्यक्ष तथा इन्सेक प्रतिनिधि सहमान विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
अन्तरक्रियामा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, जिल्ला न्यायाधिवक्ता रिद्धी निरौलालगायतको सहभागिता रहेको थियो ।
सहमान विश्वकर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक असोज १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश संयोजक भोला महतले …
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…