जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन

  ०८१ माघ ५ गते

इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ ३ गते पञ्चपुरी नगरपालिका–२, पलैटेमा जातिय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन गरिएको हो ।

समाजमा अझैँ पनि जातिय छुवाछुत अप्रत्यक्षरुपमा भैरहेको यसको न्युनिकरणका लागि जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको थियो । सडक नाटक कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका-२ का वडा अध्यक्ष यमबहादुर विसीले नाटकले समाजमा रहेको विभेदको समस्यालाई उतारेको बताउनु भयो । ‘हामी स्थानीय सरकारले गर्नुपर्ने काम विद्यार्थीको अगुवाइमा इन्सेकले गरेको छ, त्यसका लागि धन्यवाद दिनु भयो । अबका दिनमा यो अभियानलाई वडाले पनि निरन्तरता दिने छ’ - वडा अध्यक्ष विसीले भन्नुभयो ।

उहाँले समाजमा भएका विकृति विसङगतिलाई हामीले सबै मिलेर समाजलाई सचेत पार्न आवश्यक रहेको पनि उल्लेख गर्नु भयो । यस्तै सुर्यप्रकाश माविका प्रधानाध्यापक टिकाराम बास्तोलाले बालबालिकाले गरेको सडक नाटकले दिन खोजेको सन्देश महत्वपुर्ण भएको र समाजमा यस्तै किसीमको जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक भएको बताउनु भयो ।

प्रस्तुत गरिएको सटक नाटकमा विष्णु प्रसाद कडेल, विमला बुढा, सिम्रन पाण्डे, दिनेश पौडेल, धर्मराज कडेल,लेखराज बुढा, दुर्गा चन्द र हेमराज खत्रीले अभिनय गरेका भने सडक नाटकको सहजीकरण सुर्यप्रकाश माविका शिक्षक प्रेम बहादुर थापाले गर्नुभएको थियो । सडक नाटक प्रदर्शन कार्यक्रममा १ सय ५० जना भन्दाबढी बालबालिका, स्थानीयबासी, अभिभावक,प्रतिनिधिहरु र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Photo18012025Surkhet

Photo18012025Surkhet1

Photo18012025Surkhet2

Photo18012025Surkhet3

जगतदल जनला विक