जातीय छुवाछुत तथा भेदभावविरुद्ध सडक नाटक प्रदर्शन

  ०८० जेठ १ गते

IMG_20230514_100733-1-scaled

समाजमा विद्यमान घरेलु हिंसा, जातीय छुवाछुत तथा भेदभावविरुद्ध विद्यार्थी बालबालिकाहरूले वैशाख ३१ गते धनुषाको बटेश्वर गाउँपालिका मा सडक नाटक प्रदर्शन गरेका छन् ।

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा  रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोहि गाँउपालिका को  वडा नं १ को वडा कार्यालय नजिक रहेको चौवटियामा सडक नाटक प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरूले स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउन त्यहाँका आमजनसमुदायलाई नाटक मार्फत् सन्देश दिन खोजिएको थियो ।

इन्सेक मधेस प्रदेशको सहयोगमा बाल अधिकार सचेतना समूहले प्रदर्शन गरेको सो सडक नाटक हेर्न सयौँको सङ्ख्यामा स्थानीयहरूको भीड थियो ।

सडक नाटक हेर्न बटेश्वर गाउँपालिका–१ का वडा अध्यक्ष अशोक महतो, मानव अधिकार समूह बटेश्वर गाउँपालिका अध्यक्ष सुरज महतो, बाल अधिकार सचेतना समूह मधेस प्रदेश सचिव राज यादव सहित वडा सदस्यहरूको उपस्थिति रहेको थियो ।

नाटकमा श्री लक्ष्मी माध्यमिक विद्यालय चित्रपुरका बाल अधिकार समूहका कलाकारहरू विवेक यादव, आलोक महतो, कृष्ण राउत, कञ्चन कुमारी, राजु महरा, देवेन्द्र महतो, धिरज महतो, अमित कुमार महतो, सोनु ठाकुर, पिंकी कुमारी लगायतले अभिनय गरेका थिए ।

नाटक हेर्न आएकी स्थानीय बिल्टि यादव, नाटकको दृश्यले भावुक हुँदै भनिन् “हाम्रो पालामा पालामा नाटक मा देखाइएको जस्तै अन्धविश्वास हुने गर्दथ्यो तर त्यति बेला यस्ता जनचेतनामूलक कार्यक्रमहरू कतै नगरेकोले सानो सानो गल्तीले अकालमै मृत्यु हुने गर्दथ्यो ।” उनले भनिन् , “नाटक हेरेर खुसी लाग्यो । त्यसमा पनि नाटक प्रदर्शन गरेका बालबालिकाहरू आफ्नै गाँउसमाजका छोराछोरी भएकोले नाटक हेरेर भावुक भए म ।”

सडक नाटक प्रदर्शनको क्रममा कलाकारहरूले छोरीको शिक्षामा गरिने भेदभाव, शिक्षामा सबैको समान पहुँच, छुवाछुत, मानवीय उपचारमा हुने लापरवाही, वातावरणीय सरसफाइ, विभिन्न प्रकारका हिंसा तथा विसंगतिविरुद्ध अभिनय मार्फत समाजमा सचेतना जगाउन सन्देश प्रवाह गरेको इन्सेकका जिल्ला सहजकर्ता अनिता यादवले जानकारी दिनुभयो ।

यता सो सकड नाटक हेरेपछि बटेशवर गाउँपालिका–१ का वडाअध्यक्ष अशोक महतोले समाजमा व्याप्त रहेको जातीय भेदभाव तथा छुवाछुत, छोरा छोरीको शिक्षामा अभिभावकद्धारा गरिने असमान व्यवहार, सरसफाइको अभावमा हुने असर लगायतको विषयलाई महत्वका साथ उठान गरेकोले समाजको आँखा खोल्न यस्ता सडक नाटक ठाउँ ठाउँमा गर्न आवश्यक रहेको बताउनुभयो ।

346103946_1356848598212247_6217575719183072544_n346109417_633384551582779_4781773841318184688_n

अजयकुमार साह