जन प्रतिनिधिहरूका लागि मानव अधिकार तालिम सम्पन्न

डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी, कार्यालयको आयोजनामा स्थानीय सरकार र मानव अधिकार विषयक दुई दिने तालिम जेठ १६ गते धनगढीमा सम्पन्न भएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरूको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले जेठ १५ गतेबाट सुरू भएको तालिममा बेलौरी नगरपालिका, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिका गरी तीन स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

photo2018531kailali1 (1)

तालिममा मानव अधिकार, मानव अधिकारमैत्री नीति निर्माणमा स्थानीय सरकारको भूमिका, स्थानीय ऐन नियम तथा कार्यविधि, स्थानीय सरकार सञ्चालनमा सुशासन तथा समावेशीकरण, श्रोत व्यवस्थापन र योजना तर्जुमा प्रकृयाको बारेमा इन्सेक धनगढी कार्यालयका संयोजक खडकराज जोशी, प्रदेश नं. ७ का मुख्य न्यायाधीवक्ता कुलानन्द उपाध्याय र प्राध्यापक डा.हेमराज पन्तले सहजिकरण गरिएका थिए ।

photo2018531kailali1 (2)

तालिमको समापन सत्रमा बोल्दै गौरीगङ्गा नगरपालिकाका उपमेयर अञ्चला चौधरीले मानव अधिकारमैत्री कानुन र मानव अधिकारमैत्री स्थानीय तह निर्माण गर्न यस तालिमले सहयोग पुर्‍याउने बताइन् ।

photo2018531kailali1 (3)

उनले स्थानीय तहमा बनेका नीतिनियम प्रभावकारी ढङ्गले कार्यन्वयन हुन नसकेको बताउँदै अबको दिनमा कार्ययोजना प्राथमिकताका आधारमा गर्ने र मानव विकासका नीति नियम बनाई कार्यान्वयन गर्नेमा जोड दिने बताइन् ।

photo2018531kailali1 (4)

कैलारी गाउँपालिका-४ का वडा अध्यक्ष कैलाश चौधरीले आफुहरूलाई कानुन तथा नीति नियम र मानव अधिकारको बारेमा ज्ञानको अभाव भएकाले सरकारले बनाएको निर्देशिका अनुसार काम गर्न गाह्रो भएको बताए । उनले जनप्रतिनिधिहरूको क्षमता अभिबृद्धि गर्ने यस तालिममार्फत आफूहरूलाई कार्यसम्पादन गर्न सहज हुने पनि बताए ।

रविना चौधरी