जन चेतनामूलक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न

Photo 20240216 Dhanusha 3

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिका-१, चित्रपुर स्थित लक्ष्मी माध्यमिक विद्यालयमा गठित बाल अधिकार समूहका बालबालिकाहरुले ०८० फागुन २ गते सरस्वती पुजाकाे अवसरमा विद्यालय प्राङ्गगनमा सांस्कृतिक तथा बाल प्रतिभा प्रस्तुतिकरण एवम् सडक नाटक प्रदर्शन गरेका छन् ।

समाजमा व्याप्त जातीय छुवाछुत, दाइजो प्रथा, महिला हिंसा, शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा देखिएकाे असमानता तथा विभेद जस्ता विषयवस्तु र तिनले परिवार, सामाज तथा राष्ट्रमा पार्ने नकारात्मक प्रभावलाई समेटेर बालबालिकाहरुले नाटक प्रस्तुत गरेका थिए ।

मानव अधिकारको प्रत्याभूतिका लागि सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउन प्रस्तुत नाटक प्रभावकारी रहेको संरक्षक शिक्षक सतेन्द्र शर्माले बताउनु भयाे । बालबालिकाहरुले प्रस्तुत गर्नु भएकाे सडक नाटकले तराई मधेसमा हुने गरेकाे बालविवाह, महिला हिंसा, दाईजो प्रथा, जातीय छुवाछुत जस्ता घटनाहरु न्यूनीकरण हुने आशावादी रहेकाे उहाँले बताउनु भयाे ।

हाम्रो समाजमा शिक्षा र जनचेतना कमी भएकै कारण दिनप्रतिदिन शिक्षा, स्वास्थ्य, महिला हिंसा तथा भेदभावका घटनाहरु बढिरहेकोले न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम ग्रामीण तहसम्म पुर्‍याउनु पर्ने बताउनु हुँदै विधार्थिहरूले प्रस्तुत गर्नु भएकाे जनचेतनामूलक सडक नाटक प्रशंसनीय रहेकाे समेत बाल अधिकार सचेतना समूहका अध्यक्ष देवेन्द्र कुमार महतोले बतानु भयाे ।

सडक नाटक प्रदर्शनमा देवेन्द्र महताे, राजेश कुमार महताे,राेशन कुमार महताे, अमरजित कुमार महताे, राेहित कुमार महताे, राहुल कुमार महताे, सुन्दर कुमार महताे, चन्द्रशेखर महताे, रञ्जु महरा, कञ्चन कुमारी, अमृता कुमारी, आरति कुमारी महताे लगायतकाे सहभागी रहेकाे थियाे ।

Photo 20240216 Dhanusha 4 Photo 20240216 Dhanusha 1  Photo 20240216 Dhanusha Photo 20240216 Dhanusha 6 Photo 20240216 Dhanusha 5

सन्तोष कुमार यादब