जन कल्याण माविमा बाल अधिकार चेतना समूह गठन

  ०७९ कात्तिक २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) को आयोजनामा  मावि खजुरा गाउँपालिका– ४ स्थित जन कल्याण माविमा बाल अधिकार चेतना समूहक कात्तिक २० गते  गठन भएको छ ।

अस्मिता रावल,  अध्यक्षतामा १५ सदस्यीय बाल अधिकार चेतना समूह गठन गरिएको छ । उपाध्यक्ष रिफा शेष, सचिव कुशल सुनार , कोषाध्यक्ष मैना पुन , लगायत सदस्यहरू रहेका छन् ।

विद्यालय प्रध्यानापक भीमबहादुर थापाले विद्यालयमा बाल अधिकार सचेतना हुन जरुरी रहेको साथै कर्तव्यलाई पनि ध्यानमा राख्नु पर्ने बताउनु भयो ।

photo2022110701banke

लक्ष्मी थारु