जङ्क फूड खाने बानी: स्वास्थ्यमा हुन्छ हानी विषयक सडक नाटक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-५ चौमपुर स्थित श्री पुजा जागृति मावि चैनपुरमा गठन भएको बाल अधिकार समूहद्वारा जेठ ३२ गते जङ्क फूड खाने बानी: स्वास्थ्यमा हुन्छ हानी भन्ने सचेतना मुलक नाटक प्रर्दशन सम्पन्न गरेको छ ।
विद्यार्थीहरूले अहिलेको समयमा धेरै जसो जङ्क फुड प्रयोग गरेको र जङ्क फूड खाने बानीले गर्दा घरमा बनाएको खानेकुरा नखाने र त्यसले मानव स्वास्थ्यमा पर्ने असर बारे बाल अधिकार समूहका सदस्य भाइ बैनीहरूले नाटक मार्फत प्रदर्शन गरेका हुन् ।
श्री प्रजा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले अंगत लामाले जङ्क फूडके विषयमा प्रस्तुत गरेको नाटक समय सान्दर्भिक भएको बनाउनु भयो ।
उहाँले पछिल्लो समयमा बालबालिकाहरूमा बढ्दो रूपमा जङ्क फूडको प्रयोगले उनीहरूको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्नुका साथै बढी खर्चालु भएको बताउनु भयो ।
नाटकमा जङ्क फूडको प्रयोगपछि बालबालिकाले घरमा बनेको खाना नखाने गरेको समस्यालाई प्रस्तुत गरिएको छ । साथै जङ्क फूडमा बानी परेका बालबालिकाका अभिभावक पनि सजिलो र छिटो तयारी हुने बहानामा स्वस्थ्यवर्धक पोषण युक्त खाना बनाउन र खुवाउने चलन हट्दै गएको विषयलाई नाटकमा उल्लेख गरेर यसले स्वास्थ्यमा पार्ने असर बारेमा पनि प्रस्तुति गरिएको बाल अधिकार समूहका अध्यक्ष अर्पण प्रजाले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर प्रजाले बालबालिकामा मात्र हैन गाउँघरमा पनि जङ्कफूडको प्रयोग बढ्दै गएको हुँदा बालबालिकामा मात्र नभएर अभिभावकहरूमा पनि स्वास्थ्य समस्या आउन बताउनु भयो ।
उहाँले प्रस्तुत नाटकले बालबालिकामा सकरात्मक सचेतना फैलाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…
प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु
यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उक्त…
बाल अधिकार सचेतना समूहद्वारा कार्य योजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १४ गते कार्य योजना बैठक सम्पन्न गरेको छ ।…
बाल विवाहको उमेर नघटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
बाल विवाहको उमेर हद नघटाउन माग गर्दै सर्लाही जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई मानव अधिकारकर्मी र महिला मानव अधिकारकर्मी, नागरिक समाज तथा मानव अधिकारको क्षेत्रमा कार्यरत इन्सेक लगायत विभिन्न संघ…