छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन
बराहताल गाउँपालिका–७ लामाखालीमा छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।
इन्सेकद्वारा गठित श्री प्रगतिशील सुर्यज्योती बाल अधिकार समूहको आयोजनामा तथा बराहताल मानव अधिकार समूह र श्री सुर्यज्योती माध्यमिक विद्यालयको समन्वयमा जेठ १२ गते छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरिएको थियो ।
नाटकमा समाजमा रहेको रुढीवादी पराम्परा छाउपडी प्रथाको विरुद्ध र शिक्षा तथा स्वास्थ्य लगायतका विषय समेटेको थियो ।
नाटकमा बोल्दै बराहताल गाउँपालिकाका कार्यपालिका सदस्य यज्ञ बहादुर बिकले छाउपडी प्रथा हाम्रै आमा दिदी बहिनीले भोग्दै आएको समस्या हो,यसलाई हामीले आजै देखि अन्त्य गर्नु पर्छ । महिनावारी हुँदा छाउगोठमा राख्दा धेरै महिलाले अकालमा ज्यान गुमाउनु परेको छ । म कार्यपालिका सदस्य भएको नाताले आफ्नो ठाउँमा यसको अन्त्य गर्नका लागि मैले गर्नु पर्ने काम गर्न तयार भएको प्रतिबद्धता जनाउनु भएको छ ।
यस्तै गरी, वडा सदस्य अमृता बिक ले छाउपडी प्रथा भनेको एक गलत प्रथा हो । यसलाई हामीले अन्त्य गर्नुपर्छ यसका लागि एक जनाले मात्र अभियान चलाएर हुदैन यसका लागि सबै लाग्नु पर्ने र यसको अन्त्यका लागि भित्रि मन देखि नै आयो भने यसको अन्त्य सम्भव रहेको बताउनु भयो । यस्ता जनचेतनामूलक कार्यक्रम टोल टोलमा पनि गर्नु पर्ने बताउनु भयो ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र केसीले सडक नाटक गर्न सहयोग गर्नुहुने संस्था प्रति धन्यवाद गर्दै हाम्रो समाजमा छाउपडी प्रथाले अझै जरा गाडेको छ । यसका लागि यस्तै विभिन्न किसिमका सचेतना कार्यक्रम गर्न जरुरी भएको बताउनु भयो ।
सडक नाटकमा स्थानीय , शिक्षक र विद्यार्थीहरूको सहभागीता रहेको थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय , सुर्खेत
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम…
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…