चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्यवन विषयक अन्तरक्रिया सम्पन्न
इन्सेक कञ्चनपुरको संयोजन र राष्ट्रिय मानव अधिकार आयोग, धनगढीको आयोजनामा चैत २२ गते कञ्चनपुरको महेन्द्रनगरमा चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्यवन विषयमा अन्तरक्रिया गरिएको छ ।
चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना र कार्यान्यवन विषयक अन्तरक्रिया कार्यक्रममा विषयगत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले आआफ्ना कार्यालयले सम्पन्न गरेका कार्यक्रम र सेवा प्रवाहको स्थितिका बारेमा जानकारी गराएका थिए ।
महाकाली अञ्चल अस्पतालका निमित्त निर्देशक रोजन ताम्राकारले दरबन्दी अनुसार चिकित्सक नभएका कारण सेवा दिन नसकिएको बताए । रिक्त रहेका दरबन्दी परिपुर्तिका लागि सम्बन्धित निकायहरूको ध्यानकर्षण गराइदिन इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेका थिए ।
मानव अधिकार निगरानी समूहकी संयोजक पुनमसिंह चन्दले स्थानीय तहमा पाइने सेवा सुविधामा समेत अन्योल रहेको भन्दै सेवा सुविधाका बारेमा नागरिकहरूलाई जानकारी गराउनु पर्ने बताइन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख सानुमैया वुडथापाले मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि प्रतिबद्ध रहेको र सेवा प्रवाह चुस्तदुरूस्त राख्न स्थानीय तहहरूलाई पत्राचार गरिने बताइन् ।
कोमलनिरन्जन भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
मध्यविन्दु नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
मध्यविन्दु नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ ३० गते सम्पन्न गरिएको छ । समूहका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव…
बालबालिकामाथि लगानी गर्न सरोकारवालाहरुको जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित बाल अधिकार चेतना समूह, मिथिला नगरको संयोजन तथा मिथिला नगर महिला तथा बालबालिका शाखाको संयोजनमा ६० औं राष्ट्रिय बाल…
मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८१ भदौ ३० गतेबाट मधेस प्रदेशमा रहेका समुदाय स्तरका संघ संस्थाका प्रतिनिधि, मानव अधिकार रक्षक र रक्षक समूहहरूका प्रतिनिधिहरूलाई मानव अधिकारसम्बन्धी…
शम्भुनाथ नगरपालिकामा विविध कार्यक्रमका साथ राष्ट्रिय बालअधिकार दिवस
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा शम्भुनाथ नगरपालिकामा ०८१ भदौ २९ गते हाजिरी जवाफ, सुन्दर लेखन प्रतियोगिता र नृत्य कार्यक्रम गरी ६०औं राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । “बालबालिकामा लगानीः…
देवचुली नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
देवचुली नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ २९ गते सम्पन्न भएको छ । समूहका अध्यक्ष कृष्णबहादुर बिकको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव…