चौतारामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा भदौ १३ गते जिल्ला सदरमुकाम चौतारामा भूकम्प पश्चात पुनःनिर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
राहतको नाममा एनजिओ र आइएनजिओहरूले जनमूखी काम नगरी उनीहरूको स्वार्थ अनुरूप काम गरेको, चौतारा नगरपालिकाभित्र सबै भूकम्प पीडितले पहिलो किस्ताको रकम पाएको भनिए पनि वडा नं. २ का भूकम्प पीडितहरूले नपाएको, स्थानीय निकाय नहुँदा समाजमा हिंसात्मक घटनामा वृद्धि भएको, अपाङ्गता बालबालिकाहरूले छात्रवृद्धि नपाएकोलगायतका जिज्ञासाहरू सहभागीहरूले राखेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रबिन्द्र केसीले नागरिकहरूको शान्ति सुरक्षा गर्ने दायित्व प्रहरीको भएकोले नागरिकहरूको सहयोगमा प्रहरीले लिएको जिम्मेवारी पुरा गर्ने बताए । एसपी केसीले आफ्नो अधिकार लिने नाममा अरूको अधिकार कसैले पनि खोस्न नहुने र कानुनलाई सबैले पालना गर्नुपर्ने बताए ।
त्यसैगरी चौतारा नगरपालिकाका कार्यकारी प्रमुख तथा पुनःनिर्माण प्रधिकरणका जिल्ला संयोजक भुवनेश्वर लामिछानेले चौतारा नगरपालिका वडा नं. २ का भूकम्प पीडितहरूलाई पहिलो किस्ताको रकम पठाइसकेको तर केही प्राविधिक समस्या हुन गएको बताए । कार्यक्रम स्थलबाटै मेघा बैंकलाई टेलिफोनबाट चौतारा नगरपालिका वडा नं. २ का भूकम्प पीडितहरूलाई तत्तकाल पहिलो किस्ताको राहत उपलब्ध गराउन उनले निर्देशन दिए ।
कार्यक्रममा ४४ जना महिला र ७६ जना पुरूष गरी १ सय २० जनाको उपस्थिति रहेको थियो ।
सम्बन्धित इन्सेक गतिविधिहरू
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…
प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु
यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उक्त…
बाल अधिकार सचेतना समूहद्वारा कार्य योजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १४ गते कार्य योजना बैठक सम्पन्न गरेको छ ।…