चार ओटै क्षेत्रमा कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा विभिन्न जिल्लाहरूमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रमको जेठ १२ गते इन्सेकका चार ओटा क्षेत्रीय कार्यालयमा वार्षिक समीक्षा सम्पन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार इन्सेक केन्द्रीय कार्यालयका लेखा तथा व्यवस्थापन विभाग प्रमुख प्रेम पराजुलीले स्थानीय तहका समस्याहरूलाई पहिचान गरेर राज्यको नीति र कानुनभित्र रही समाधानका लागि पहल गरिनु पर्नेमा जोड दिए । उनले स्थानीयस्तरमा नागरिक सचेत भए अधिकारको खोजी स्वयम्ले गर्न सक्ने बताउँदै त्यसका लागि इन्सेककर्मीहरू सक्रियतापूर्वक लाग्नुपर्ने बताए ।
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले स्थानीयस्तरमा देखिएका समस्याहरूलाई समाधान गर्न समुदायलाई नै जागरूक बनाउँदै निकायलाई जिम्मेवार बनाउनुपर्ने बताए ।
कार्यक्रममा इलाम, झापा, मोरङ, सुनसरी, सिरहा र उदयपुरमा सञ्चालित कार्यक्रमको समीक्षा गरिएको थियो ।
त्यसैगरी इन्सेक कास्की जिल्ला प्रतिनिधि सङ्गीता भाटका अनुसार अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय पोखराले जेठ १२ गते विभिन्न कार्यक्रम तथा परियोजनाको वार्षिक समीक्षा गरेको छ ।
आर्थिक वर्ष ०७३/०७४ मा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दे जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी कार्यक्रम, मानव अधिकार र अनुगमन तथा पीडित सहायता कार्यक्रम, मानव अधिकार र नीति अनुसन्धान तथा पैरवी कार्यक्रम अन्तर्गत कास्की, तनहुँ, पाल्पा र कपिल्वस्तुमा भएका कार्यक्रमको वार्षिक प्रगति समीक्षा गरिएको हो ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यलयकी बहस तथा पैरबी विभाग प्रमुख सम्झा श्रेष्ठले देशको बदलिँदो अवस्थामा ग्रामीण भेगमा रहेर कार्यक्रम गर्नु चुनौतिपूर्ण रहेपनी इन्सेकको कार्यक्रमले जिम्मेवार निकायलाई जबाफदेही बनाउन सफल भएको बताइन् ।
इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलले हाल मतदान भइसकेको क्षेत्रमा आफूले चुनेको स्थानीय जनप्रतिनिधि प्राप्त गरेको हँदा मानव अधिकारको सम्वर्द्धन र प्रवर्धनका लागि हातेमालो गर्नुपर्ने बताए ।
कार्यक्रममा कास्की, तनहुँ, पाल्पा र कपिल्वस्तुका इन्सेक जिल्ला प्रतिनिधि तथा सहजकर्ताहरूले आआफ्नो जिल्लामा भएका कार्यक्रमको उपलब्धी र चुनौतीका बारेमा बताएका थिए ।
इन्सेक कैलाली जिल्ला प्रतिनिधि रविना चौधरीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा जेठ १२ गते वार्षिक समीक्षा तथा योजना बैठक धनगढीमा सम्पन्न भएको छ ।
इएलपी, जीएफ र कियोस कार्यक्रम अन्तर्गत आयोजित समीक्षा बैठकमा डडेल्धुरा, डोटी, कञ्चनपुर र कैलालीका जिल्ला सहजकर्ताहरू र क्षेत्रीय कार्यालयका इएलपी र जीएफ कार्यक्रमका 'फोकल पर्सन'हरूले हालसम्म गरेको गतिविधि, मुख्य उपलब्धि र सिकाइ, सुझाव र चुनौतिहरू प्रस्तुत गरेका थिए ।
समीक्षा बैठकमा इन्सेक केन्द्रीय कार्यालय पीएमइ इकाइकी सलिना भट्टराईले जिल्ला सहजकर्ताहरूले प्रस्तुत गरेका प्रगति विवरणमा सहयोगी कागजात भए प्रतिवेदन उत्कृष्ट हुने बताइन् ।
कार्यक्रममा क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले जिल्ला सहजकर्ता तथा कर्मचारीहरूले राम्रो काम गरेतापनि अझ मेहनतका साथ कार्यप्रति जिम्मेवार बन्नुपर्ने र आफ्नो प्रगतिविवरण समयमा नै सम्बन्धित ठाउँमा पेश गर्नुपर्नेमा जोड दिए ।
इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम जेठ १२ गते नेपालगञ्जमा सम्पन्न भयो ।
कार्यक्रममा मध्यपश्चिमका पाँच जिल्लाका सहजकर्ताहरूले वर्षभरिमा गरिएका कार्यक्रमको समीक्षा गरेका थिए । कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउन सक्रियताका साथ लाग्न आग्रह गरे ।
इन्सेक केन्द्रीय कार्यालयकी सुवेच्छा खड्काले गम्भीर भएर कार्यक्रमको उपलब्धिको अभिलेख राख्न र केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरिन् ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
मधेस प्रदेशको मानव अधिकार विषयक छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डाक्टर कुन्दन अर्याल, सूचना अधिकारी कृष्ण गौतम, मधेस प्रदेश संयोजक राजु पासवान, प्रलेख अधिकृत मोहन कुमार चौधरी, सहायक अधिकृत मधु पन्थीलगायतको टोलीले ०८१…
हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग
पचालझरना गाउँपालिका–१ की २४ वर्षीया सरिता खड्कालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली मार्फत ०८१ असोज ४ गते ९ हजार रुपियाँ सहयोग गरेको छ ।…
इन्सेकको समन्वयमा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल
परियोजना परिचयात्मक तथा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार अभिलेख : घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम सम्पन्न
मानव अधिकार अभिलेख : घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी दुई दिवसीय तालिम जनकपुरधाममा ०८१ असोज ३ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले इन्सेकको परम्परा…
मानव अधिकार सहायता कक्ष सवलीकरण छलफल सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल कार्यक्रम ०८१ असोज २ गते धनगढीमा सम्पन्नभएको छ । मानव अधिकार सहायता कक्षका प्रदेश संयोजक देबी खनालले…