घैरूङमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
शहीद लखन गाउँपालिका-६ घैरूङका भूकम्प पीडितहरूले आफ्ने घर पुर्ण रूपमा भत्किएपनि सरकारी अनुदान पाउनबाट वञ्चित भएको बताएका छन् ।
घैरूङका अधिकांश घर भूकम्पले भत्काएपनि लाभाग्राही सूचीमा आफूहरूको नाम समावेश नभएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् । मानव अधिकार सञ्जालको आयोजनामा वैशाख १८ गते घैरूङमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले घैरूङका मात्र ४ सय ५३ घरधुरीको नाम लाभाग्राही सूचीमा समावेश नभएको बताए ।
'७ सय ४४ घरधुरीमध्ये ४ सय ५३ घरधुरी लाभाग्री सूचीमा परेनन् ।'-लखन गाउँपालिका-६ का वडा सचिव पुर्णबहादुर गहतराजले भने । पहिलो किस्ताको अनुदान रकम नपाँउदा आफुहरू टहरोमै बस्नुपरेको पीडितको गुनासो छ । 'बाजेको पालादेखि बस्दै आएको घर समेत भूकम्पले लडायो ।'-रामबहादुर श्रेष्ठले भने 'आफूसँगैको छिमेकीले घर ठड्याइसके । हाम्रो पहिलो किस्ता पाउन नामै परेन ।'-कार्यक्रममा सहभागी अधिकांशले आफूहरूको नाम लाभाग्री सूचीमा समावेश नभएको गुनासो पोखे ।
'घर बनाएकाले पनि दोस्रो किस्ताको रकम लिन सकेनौँ ।'-राजकुमार बसेलले भने-'प्राविधको झञ्झटिलो प्रक्रियाले दोस्रो किस्ताको १ लाख ५० हजार रुपियाँ पाउन महिना दिन कुर्नुपरेको छ ।'
त्यस्तै सरकारले उपलब्ध गराएको ३ लाख रुपियाँले घर निर्माण गर्न नपुग्ने पीडितहरूको गुनासो छ । 'यो महङ्गीको जमानामा ३ लाख रुपियाँ दिएर सरकार घर बनाउनुपर्यो भन्छ । फेरि घर हामीले सोचेको जस्तो होइन सरकारले भनेको जस्तै बनाउनुपर्यो रे !'-रेशम थापाले भने ।
पुनर्निर्माणमा पानीको अभाव भएको पनि भूकम्प पीडितले बताए । '५० हजार रुपियाँ पाए पनि पानी नभएर घर बनाउन सकेनौँ ।'-स्थानीय इश्वर श्रेष्ठले भने-'काठ पनि अभाव छ ।'
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका शिव पौडेलले छुट भएका घरधुरीको पुनः सर्वेक्षण हुने बताए । 'अहिले निर्वाचन आचार संहिताले गर्दा टोली गाउँ खटाउन सकेनौँ ।'-पौडेलले भने-'निर्वाचन सकिए लगत्तै प्राविधिक सहितको टोली छुटेका घरधुरीको सर्वेक्षणका लागि आउँछ । त्यति बेला आफैँ बसेर आफ्नो समस्या राख्नुहोला ।' लखन गाउँपालिकाका कार्यकारी अधिकृत युवाराज अधिकारीले धेरै ठाउँमा लालपुर्जा नभएर पीडितले घर बनाउन नसकेको पाइएको बताए ।
हरिराम उप्रेती
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…