घरेलु हिंसा पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

  ०८१ पुस ६ गते

घरेलु हिंसा पीडित ७४ वर्षीया महिला पार्वती सुनारनीलाई कानुनी प्रकृयामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ पुस ४ गते आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र स्वास्थ्यले पनि कमजोर भएकाले कानुनी प्रकृयमा जानका लागि पीडित सुनारनीले दिएको निवेदनको आधारमा इन्सेकले लेखा शाखाबाट लक्ष्मी थारु मार्फत १० हजार रुपियाँ सहयोग गरेको छ ।

५४ वर्षीय छोरा धर्म बहादुर विश्वकर्माले खान लाउन नदिएको र पीडितको नाममा भएको जग्गा भोगचलन गर्न नदिइ साथै मानसिक तनाव दिँदै आएकोले पीडित सुनारनीको छोरा खजुरा गाउँपालिका-३ हाल नेपालगञ्ज उपमहानगरपालिका-१८, कारकादो स्थित छोरी ज्वाइँको घरमा बस्दै आउनुभएको छ ।

ध्रुबराज शर्मा