घरेलु हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयद्वारा गठित मानव अधिकार सहायता कक्षले घरेलु हिंसा पीडित औरही गाउँपालिकाकी ३१ वर्षीया रिङ्कु कुमारी राउतलाई ०८१ पुस २३ गते इन्सेक मधेश प्रदेश कार्यालय जनकपुरधाममा १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ।
इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार यादवका अनुसार पीडितको अन्तरजातीय प्रेम विवाह सोही गाउँका ३४ वर्षीय राम बटोरी शाहसँग तीन वर्ष अगाडि भएको थियो । प्रेम विवाह भएपनि दाइजो स्वरुप २ लाख रुपियाँ पीडित परिवारले आरोपितलाई दिएको पीडितले बताउनु भयो । ६ महिनाको गर्भवती हुँदा आरोपित पतिले ललाई फकाई औषधि खुवाई गर्भपतन गराएको पीडितले बताउनु भयो । त्यस्तै, थप दाइजो ५ लाख रुपियाँ माग गर्दै आरोपित पति र सासु आमाले पटकपटक कुटपिट गर्नुका साथै खानलाउन नदिएको, विवाहदर्ता तथा नागरिकता नबनाइदिएको र घरमा बस्न समेत नदिएको हुनाले न्यायीक प्रक्रियामा सहजिकरण गरिदिनुहुन आग्रह गर्दै इन्सेक मधेस प्रदेश कार्यालयमा निवेदन दिएको पीडितले बताउनु भयो ।
पीडितको आर्थिक अवस्था कमजोर रहेको हुनाले निजलाई न्यायीक प्रक्रियामा जान सहज हुने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।
पीडितले जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएको र यस सम्बन्धी पटक पटक छलफल भएपनि कुनै निष्कर्ष आउन नसक्दा पीडितले आरोपित पतिविरुद्ध जिल्ला अदालत धनुसामा अंश सम्बन्धी मुद्दा दर्ता गराएको प्रतिनिधि यादवले जानकारी दिनुभयो ।
सन्तोषकुमार यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…