घरेलु हिंसा पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले बैजनाथ गाउँपालिका-३ घरभई हाल चिसापानीस्थित माइती घर बस्ने ४१ वर्षीया चन्द्रा दमाईलाई ०८१ पुस १२ गते आर्थिक सहयोग गरेको छ ।
दलित महिला सङ्घको सिफारिसमा मानव अधिकार कक्षले अदालतमा विचारधीन मुद्दालाई मद्दत पुग्ने किसिमले कानुनी प्रकृयामा सहयोग पुर्याउने उद्देश्यले १० हजार रुपियाँ सहयोग गरिएको हो । रकम हस्तान्तरण गर्दै मानव अधिकार सहायता कक्षका अधिकृत टेकनाथ आचार्यले हिंसामा परेका पीडितहरूलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने यात्रा तथा अन्य खर्चका लागि सहज होस् भनेर सहयोग प्रदान गरिएको बताउनु भयो ।
पीडित चन्द्रा दमाईलाई पतिले मादक पदार्थ सेवन गरी कुटपिट गर्ने, खाना लागाउन नदिने गरेकाले घरेलु हिंसा गरेको भन्दै जिल्ला अदालतमा मुद्दा लडिरहेको पीडितले बताउनु भयो । पीडितलाई दुई छोरासँगै माइती बसेको भन्दै सहायता कक्षमा मुद्दालाई निरन्तरता दिनका लागि आर्थिक सहयोग गर्न निवेदन दिनुभएको थियो ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…