घरेलु हिंसा तथा लैंङ्गिक विभेद अन्त्यका लागि कानुनी सचेतना कार्यक्रम सम्पन्न
घरेलु हिंसा तथा लैङ्गिक विभेद जस्तो कुप्रथालाई अन्त्य गर्नका लागि जिल्लाको दलित बस्तीमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
इन्सेक कालिकोट र मानव अधिकार रक्षक सञ्जालको आयोजनामा घरेलु हिंसा तथा लैंङ्गिक विभेद अन्त्य गर्न खाँडाचक्र नपा–३ ताडि गाउँमा कानुनी सचेतना कार्यक्रम असोज ११ गते सम्पन्न भएको हो ।
‘लैङ्गिक विभेद अन्त्य गराै, घरेलु हिंसाहिंसाबाट पीडित भएकाहरुलाई कानुनको पहुँचमा पुगाउँ’ भन्ने नारासहित आयोजना गरिएको सचेतना कार्यक्रममा घरघरमामा हुने घरेलु हिंसा विभेद,महिलामाथि हुने हिंसा,छाउपडिप्रथा, यौन हिंसाका पीडितहरुलाई कानुनी पहुँचका विषयमा छलफल गरिएको छ ।
सचेतना कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका सह संयोजक दक्षिणा शाहीले लैंङ्गिक तथा यौन हिंसा गर्नेलाई कानुनी सजाय,जातीय भेदभाव उन्मुलनसम्बन्धी ऐन कानुनका विषयमा छलफल गर्नु भएको थियो । यस्तै गरी , घरेलु हिंसा कसुर सजाय ऐन,बालबालिका माथि हुर्ने दुव्र्यवहार यसको नियन्त्रणका बारेमा उहाँले बताउनु भएको थियो ।
कार्यक्रममा विभिन्न प्रकारका हिंसाका घटनामा परी पीडित भएका विपन्नहरुलाई छिटो छरितो न्यायको पहुँचसम्म पुग्नका लागि मानव अधिकार रक्षक सञ्जालको गठन भएको र यसका काम कर्तव्यका बारेमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रममा खाँडाचक्र नपा–३ ताडि गाउँका दलित विपन्न बस्तीका स्थानीय महिला,युवा र किशोरी लगायतको सहभागिता रहेको कार्यक्रममा इन्सेक प्रतिनिधिले घरेलु हिंसा,महिला माथि हुने विभेद तथा दुर्व्यवहारबाट पीडित भएका महिलाहरुलाई न्यायको पहुँचमा पुगाउन लागि जिल्लामा विभिन्न सरकारी तथा गैर सरकारी सस्थाहरु रहेको बारे जानकारी गराउनु भएको थियो ।
कालीबहादुर मल्ल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार, जलवायु र लैङ्गिक न्याय विषयक वहुपक्षीय संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कायापलट र युथ एड्भोकेसी फोरमको आयोजना साथै राष्ट्रिय मानव अधिकार आयोग, सेभ द चिल्ड्रेन, वल्ड वाइल्ड लाइफ फन्ड, कियोस र अनौपचारिक क्षेत्र सेवा…
लैङ्गिक हिंसा विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना…
बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना…
बालबालिकाद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर ११ गते शम्भुनाथ नगरपलिका–१० जमुवा टोलमा सडक नाटक प्रदर्शन गरेका छन्…
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा सडक नाटक कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितता: महिला बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसिय महिला हिंसा विरुद्धको अभियानको क्रममा…