घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

  ०८१ कात्तिक ९ गते

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ कात्तिक ९ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

गौरीगंगा नगरपालिका–९ शंकरपुरकी घरेलु हिंसा घटनाका पीडित ३९ वर्षीया मिनासोनी कामीको न्यायमा पहुँच स्थापित गर्न इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको छ ।

बहुविावाहको मुद्दा जिल्ला अदालतमा कानुनी प्रक्रियामा रहेको भए पनि आर्थिक अभावका कारण समस्या उत्पन्न भएको भन्दै नीड्स नेपालले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले घटनाको अध्ययन गरी आर्थिक सहयोग प्रदान गरको हो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।

पति यगम सोनीकामीले गौरीगंगा नगरपालिका—५ अण्डैह्याकी ३१ वर्षीया दिपा कामीसँग ०८० फागुन महिनामा बहुविवाह गरी आफूलाई कुटपिट गरी घर निकाला गरेकाले घरेलु हिंसा सहन नसकेर ०८० फागुन ८ गते जिल्ला अदालत, कैलालीमा बहुविावहको मुद्दा दर्ता गरेको पीडितले बताउनु भयो ।

आर्थिक अभावका कारण वकपत्र र पेशीको समयमा समेत अदालतसम्म आउन नसक्ने अवस्थामा इन्सेकले गरेको आर्थिक सहयोगले न्याय पाउन सहज हुने पीडित मीना सोनीकामीले बताउनु भयो ।

मैनामोती चौधरी