घरेलु हिंसा घटनाका पीडितलाई न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज १४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
लम्कीचुहा नगरपालिका–८ निवासी गौरीगंगा नगरपािलका—४ स्थित माइती घरमा बस्दै आएकी घरेलु हिंसा घटनाका पीडित ३७ वर्षीया मीनादेवी विश्वकर्माको न्यायमा पहुँच स्थापित गर्न इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको छ ।
सम्बन्धविच्छेदको मुद्दा जिल्ला अदालतमा कानुनी प्रक्रियामा रहेको भए पनि आर्थिक अभावका कारण समस्या उत्पन्न भएको भन्दै एडभोकेसी फोरमले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले घटनाको अध्ययन गरी आर्थिक सहयोग प्रदान गरको हो ।
आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।
पति हिक्मत विश्वकमर्माले दिनहु मादक पदार्थ सेवन गरी पटकपटक शारीरिक र मानसिक यातना दिएर घर निकाला गरेपछि बाध्य भएर २०८१ भदौ १६ गते जिल्ला अदालतमा सम्बन्धवच्छेदको मुद्दा दर्ता गरेको पीडित मीनादेवि विश्वकर्माले बताउनु भयो ।
जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरे पनि आर्थिक अभावका कारण अदालतसम्म पनि आउन नसक्ने अवस्थामा इन्सेकले गरेको सहयोगका कारण आफूलाई न्याय पाउन सहज भएको पीडित मीनादेवी विश्वकमाले बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय विभेद उन्मुलन दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
इन्सेका लगाएत गैरसरकारी संस्थाको आयोजनामा जाजरकोटमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा सरोकारवालाहरूसँग जातीय उन्मुलनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जाजरकोट सदरमुकाममा जातीय विभेद उन्मुलन दिवस…
बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक ०८१ चैत ८ गते डिसिएको आर्थिक र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्राविधिक सहयोगमा सम्पन्न भएको छ । सोनुसिंह विकको अध्यक्षतामा मानव…
विभेदको अन्त्य नभए समृद्धि हुँदैन: मन्त्री भण्डारी
जातीय विभेदको अन्त्यबिना कुनै पनि समाजमा समानता, न्याय र समृद्धि सम्भव नहुने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताएउनु भएको छ । उहाँले जातीय विभेद सामाजिक विकृति मात्र नभएर विकास र…
कानुनी प्रकृयामा जानका लागि बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामूहिक बलात्कारमा परी गर्भवती भएकी १४ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि चैत ८ गते पीडित बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको छ ।…
६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
जिल्लामा संयुक्त दलित अधिकारकर्मी सञ्जाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयुक्त आयोजनामा २१ मार्च ६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…