गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न

  ०८१ असोज ९ गते

डिसीएको सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र मानब अधिकार समूहको सहकार्यमा गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समूहको बैठक ०८१ असोज ८ गते मसुरियामा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले लामो समयदेखि मानव अधिकार समूहसँग भेटभाट नभएको हुँदा मानव अधिकार समूहलाई सक्रिय र सङ्गठित बनाएर मानव अधिकार समूहको स्थानीय सरकारसँगको समन्वयमा अभिबृद्धि गरी नागरिकका समस्यालाई सम्बोधन गर्न बैठकको आयोजना गरिएको बताउनु भयो ।

गाउँघरमा हुने उत्पीडन, शोषण, हिंसा र ज्यादती विरुद्ध वकालत गर्ने र स्थानीय नागरिककोे सुरक्षा र अधिकार प्रत्याभूत गराउन मानव अधिकार समूहले स्थानीय सरकारलाई जिम्मेवार बनाउनका लागि कार्य गर्नु पर्ने उहाँले बताउनु भयो ।

गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समूहका संयोजक टेकराज ओझाले मानव अधिकार समूहले सामुहिक रुपमा काम नगरे पनि आ¥आफ्नो तरीकाले काम गरिरहेको र अन्यायको बिरुद्धमा मानव अधिकार समूह सक्रिय रहेको बताउनु भयो ।

मानव अधिकार समूहका सदस्य प्रेमराज जोशीले मानव अधिकार समूह सक्रिय रुपमा काम नगरे पनि चिया चौतारो, पसलहरुमा भेटभाटको क्रममा बिभिन्न घटनाहरुको बारेमा बुझ्ने र जानकारी लिने काम गरिरहेको बताउनु भयो ।

photo20240925kailali

मानव अधिकार समूहका सदस्य सुमन सिलाधरले जातीय बिभेद र घरेलु हिंसाका पीडित महिलाहरुको न्यायको लागि विभिन्न निकायहरुमा पहल गरी सहयोग गरिरहेको बताउनु भयो ।

मानव अधिकार समूहका सदस्य तेजबहादुर चौधरीले लधुबित्त, घरेलु हिंसा, बिभिन्न घटनामा फसार्ईएका व्यक्तिको पक्षमा आजाव उठाउने र न्यायको लागि पहल भइरहेको भए पनि स्रोत अभावका कारण मानव अधिकार समूहले सक्रिय भएर काम गर्न नसकेको बताउनु भयो ।

यसैगरी कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहको बैठक तथा छलफल कार्याक्रम असोज ८ गते हसुलीयामा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार समूहले अहिलेसम्म गरिरहेको कामको बारेमा बुझ्न तथा छलफल गर्न र समूहका पदाधिकारीहरुलाई आवश्यक सल्लाह सुझाव प्रदान गर्न बैठकको आयोजना गरिएको बताउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष मानबहादुर चौधरीले आ—आफ्नो गाउँटोलमा उत्पन्न समस्या समाधानका लागि मानव अधिकार समूहका पदाधिकारीहरुले काम गरिरहेका भए पनि मानव अधिकारका सवालहरुमा का मगर्न चुनौती रहेको बताउनु भयो ।

मानव अधिकार समूहका सचिव ज्ञानु चौधरीले मानव अधिकार समूहलाई सक्रिय तथा संस्थागत गर्नका लागि दर्ता प्रक्रिया अगाडी बढाइएको बताउनु भयो ।

 

मैनामोती चौधरी