गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको हो । रेसुङ्गा नगरपालिका भित्र १३ जना बालिका विद्यालयको पहुँच बाहिर रहेका छन् । जिल्लाभर २ सय ४४ बालिका विद्यालय बाहिर रहेको किशोरीहरूले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने स्वास्थ्य कार्यालयले जनाएको छ । माघ २२ गतेबाट देशभर खोप अभियान सञ्चालन भएको छ ।
गुल्मीमा विद्यालय बाहिर रहेका रेसुङ्गा नगरपालिकाका १३, मुसिकोट नगरपालिकाका ७४ र चन्द्रकोट गाउँपालिकाका पाँच बालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय, गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो । त्यस्तै इस्मा गाउँपालिकाका विद्यालय बाहिर रहेका ३५, मदाने गाउँपालिकाका २५, धुर्कोट गाउँपालिकाका ४६, गुल्मीदरबार गाउँपालिकाका पाँच, छत्रकोट गाउँपालिकाका २६ र रुरुक्षेत्र गाउँपालिकाका विद्यालय बाहिर रहेका १५ बालिकाहरूलाई एचपिभी खोप लगाइने आचार्यले बताउनु भयो ।
विद्यालयलाई मात्रै प्राथमिकता दिएर खोप अभियान सञ्चालन हुँदा विद्यालय बाहिर निर्माण स्थल, होटल र घरेलु कामदारको रुपमा रहेका किशोरीहरू छुट्न सक्ने विषयमा इन्सेक लगायतका संस्थाले स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिको ध्यानाकर्षण गराएका थिए । साथै खोपका लागि जन्मदर्ता र उमेर खुल्ने सरकारी कागज अनिवार्य गरिएको छ । जसका कारण सडक बालिका, होटल, निर्माणस्थल र घरेलु कामदारको रुपमा रहेका बालिकाहरू स्वर्णीय अवसरबाट छुट्ने सम्भावना छ ।
स्वास्थ्य कार्यालय गुल्मीको प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाले सामुदायिक र संस्थागत गरेर २ सय १० विद्यालयभन्दा बाहिर रहेका २ सय ४४ किशोरीहरूलाई पनि खोपको पहुँचमा ल्याउने निर्णय भएको बताउनु भयो । उहाँले सदरमुकाम तम्घासमै त्यस्ता किशोरीहरूको सङ्ख्या रहेको र बाहिर स्थानीय तहमा समेत समन्वय गरेर लाभग्राही उमेर समूहलाई खोपबाट वञ्चित नगर्ने प्रतिबद्धता जनाउनुभयो ।
अभियानमा जिल्लाका १२ स्थानीय तहका ११ हजारभन्दा बढी किशोरी बालिकाहरूले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउँदैछन् । कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र विद्यालय बाहिर भएका १० बर्षदेखि १४ उमेर समूहका किशोरीहरूले खोप पाउने वरिष्ठ जनस्वास्थ्य अधिकृत थापाले बताउनु भयो । जिल्ला खोप समन्वय समिति गुल्मीका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण बहादुर खत्रीले हरेक स्थानीय तहमा बिगतका अभियानहरू जस्तै एचपिभी खोप पनि अगाडि बढेकाले लाभग्राही किशोरीहरू छुट हुन नहुनेमा जोड दिनुभयो ।
टोपलाल अर्याल
सम्बन्धित इन्सेक गतिविधिहरू
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
छत्रेश्वरी गाउँपालिका–१, काल्चेमा बस्दै आउनुभएकी ३६ वर्षीया सुस्मीता थापालाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ चैत १२ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ…
घोडाघोडी नगरस्तरीय मानव अधिकार समूहको साधारण सभा सम्पन्न
घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको साधारण सभा ०८१ चैत ११ गते सुख्डमा सम्पन्न भएको छ । नगरस्तरीय मानव अधिकार समूहको प्रथम साधारण सभाबाट मानव अधिकार समूहको अध्यक्षमा आशा परिवार, उपाध्यक्षमा…
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्वन्द्वपीडितको माग
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न बाँकेका द्वन्द्वपीडित र अधिकारकर्मीहरूले द्वन्द्वपीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीको अध्यक्षतामा सङ्क्रमणकालीन न्यायको पछिल्लो अवस्था, पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया ०८१ चैत…
वातावरण संरक्षणसम्बन्धी सडक नाटक प्रर्दशन
इन्सेकद्वारा गठित सूर्यज्योति प्रगतिशील बाल अधिकार समूह बराहताल गाउँपालिका–७, लामाखालीको आयोजना, बराहताल मानव अधिकार समूह र सूर्यज्योति माध्यामिक विद्यालयको समन्वयमा ०८१ चैत्र १० गते बराहताल गाउँपालिका–७, लामाखालीमा वातावरण संरक्षणसम्बन्धी सडक…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार समूहको विगत ६ महिनामा सम्पन्न गरिएका कामको समीक्षा र प्रभावकारी परिचालन गर्ने उद्देश्यले राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको छलफल कार्यक्रम…