गुठी जग्गाको पुर्जा वितरण गरी आवास निर्माण सम्झौता गर्न माग

विनाशकारी भूकम्प पछि आवास निर्माण अनुदान सम्झौता गर्नबाट वञ्चितहरूको समस्या समाधान गरी तत्काल लाभग्राही सम्झौता गर्न माग गरेका छन् ।

photo20161127rasuwa

इन्सेक, जिल्ला भूमि अधिकार मञ्च र हामीको आयोजनामा मङ्सिर ११ गते सम्पन्न सार्वजनिक सुनुवाइमा विस्थापित पीडितहरूले गुठी जग्गा रैकर गरी तत्काल पुर्जा वितरण गर्न माग गरेका हुन् ।

सहभागिहरूले जग्गा धनी पुर्जा नभएका कारण डेढ वर्षबितिसक्दा पनि भूकम्प प्रभावित, विस्थापितहरूको अवस्था अझै नाजुक भएको र आवास निर्माण अनुदान सम्झौता हुन नसकेको बताए । कार्यक्रममा सांसद छोवाङ तेन्जिङ तामाङले वर्षौदेखिको गुठी समस्याबाट हाकुका जनताले मुक्ति पाउने र आवास निर्माणका लागि सबैसँग अनुदान सम्झौता हुने बताए ।

photo20161127rasuwa1

उनले विनाशकारी भूकम्प पछि इन्सेकलगायत अन्य आयोजक संस्थाहरूले समय समयमा जनताको आवाज बाहिर ल्याएर राम्रो काम गरेको भन्दै धन्यवाद दिए । सांसद तामाङले भूकम्प पछि लाङटाङ, हाकु, डाँडागाउँलगायतका स्थानहरू पहिरोमा परिणत भएकोले विस्थापितहरूको समस्या समाधान हुन नसकेको बताए ।

उनले गुठी संस्थानमा भएको छलफल पछि हाकुको गुठी समस्या समाधानका लागि मालपोतमा निवेदन दिने र ५ हजार प्रति परिवार कुतबाली बुझाएर जग्गाको पुर्जा वितरण गरिने बताउँदै विस्थापितहरूका लागि लहरेपौवाको खाल्टेमा सरकारी जग्गा पहिचान गरी पुनर्स्थापना गर्न लागिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले विपद पछिको अवस्थामा सरकारी गैरसरकारी, सामाजिक सङ्घसंस्था अधिकारकर्मी, पत्रकारलगायतको ठूलो सहयोग रहेको बताए ।

photo20161127rasuwa3

नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य तीरबहादुर गुरूङले विस्थापितको आवास निर्माण सुरक्षित जग्गा पहिचान गरेर मात्र पुनर्बास हुनु पर्ने बताए । जनताको आवासको अधिकार सुरक्षाको लागि सबैले ध्यान दिनुपर्ने बताए ।

नेकपा एमाले जिल्ला कमिटी सचिव विजय लामाले विस्थापितहरू फर्कने क्रम देखिएपनि कहाँ सुरक्षित छ ? भनेर आवास निर्माणस्थल निश्चित हुन नसकेको बताए ।

नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य मेघनाथ घिमिरेले कार्यक्रममा गफ गर्ने काम मात्र भएको बताउँदै बोल्ने भन्दा पनि काम गर्नु पर्ने विचार राखे ।

photo20161127rasuwa4

नागरिक समाजका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रसुवाका अध्यक्ष बाबुलाल तामाङले विस्थापित भूकम्प प्रभावितहरूको अवस्था दयनीय भएकोले उनीहरूको आवास पुनर्निर्माणमा सबैले जुट्न आवश्यक रहेको बताए । ०५१ सालमा हाकु गाविसको गुठीको पुर्जा वितरण गर्ने भने पनि नसकेको बताए । ३५ दिने सूचना निस्केकोले ५ हजार तिरेर जग्गा दर्ता गर्न सक्ने भएकोले खुशी लागेको बताए ।

photo20161127rasuwa5

हेमनाथ खतिवडा