गाउँपालिका स्तरीय मानव अधिकार रक्षक सञ्जालका सदस्यहरूलाई स्वास्थ्य सामग्री वितरण

  ०७८ असार १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले डिसिए र सिसु परियोजनाको सहयोगमा असार १५ र १६ गते गाउँपालिका स्तरीय मानव अधिकार रक्षक सञ्जालका  सदस्यहरूलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत सरस्वती मल्लले कोभिड सङ्क्रमणको बेलामा पनि मानव अधिकार रक्षकहरूले कामलाई निरन्तरता दिनुको साथै कोभिड सङ्क्रमित भएकाहरूलाई समेत विभिन्न किसिमले सहयोग गरेको बताउनु भयो । उहाँले स्वास्थ्य सामाग्रीले मानव अधिकार रक्षकहरूलाई कोभिड सङ्मणको अवस्थामा सुरक्षित रहन मद्दत पुग्ने बताउनु भयो ।

photo2021063001banke

बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल र मानव अधिकार समूहका  १८ जना सदस्यर र  र डुडुवा गाउँपालिका स्तरीय मानव अधिकार रक्षक सञ्जालका ११ जना सदस्यलाई स्वास्थ्य किट वितरण गरिएको छ ।

बैठकमा सहभागी गोमा रिजालले कोभिड सङ्क्रमितहरूलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्‍याउन सहयोग गरेको बताउनु भयो । सहभागीहरूले स्थानीय तहमा रहेका सङ्घ संस्थाहरूको समन्वयमा माक्स वितरण गरेको बताएका थिए ।

यसैगरी,  डुडुवा गाउँपालिका स्तरीय मानव अधिकार सञ्जालकी संयोजक भागरती चन्दले समुदायमा बिरामी रहेका व्यक्तिहरूलाई अस्पतालसम्म जानको लागि सहयोग गर्नुको साथै समुदायमा माक्स वितरण गरेको बताउनु भयो ।

स्मृति देवकोटा