गाउँपालिकालाई मानव अधिकार समूहद्वारा ज्ञापनपत्र
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसहित संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन र सोही अनुसारका कार्यक्रम बजेटमा समेट्न माग गर्दै मानव अधिकार समूह भोक्राहा नगरसिंहले भोक्राहा नरसिंह गाउँपालिकामा जेठ २४ गते ज्ञापनपत्र बुझाएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इन्सेक परियोजनाका लागि गाउँपालिका ०७६ कात्तिकमा गठन गरिएको मानव अधिकार समूहले गाउँपालिकाले आर्थिक वर्ष ०७९-८० का लागि निर्माण गर्ने बजेटमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवाल समेट्न माग गरी ज्ञापनपत्र बुझाएको मानव अधिकार समूहका अध्यक्ष नुनुलाल साहले बताउनु भयो ।
भोक्राहा नरसिंहगाउँपालिका–१ देखि ८ नम्बर वडासम्मका प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाललाई समेटी ज्ञापनपत्र बुझाइएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको अवस्था बारेमा अनुगमन गरी सेवाग्राहीसँगको भेटघाट, अन्तरवार्ता र समूहको आयोजनामा सम्पन्न गरिएको वडास्तरीय गोष्ठी कार्यक्रममा आएका सवालहरूलाई आर्थिक वर्ष ०७९।०८० को बार्षिक बजेट, नीति तथा कार्यक्रममा सम्बोधनका लागि ज्ञापनपत्र बुझाएको मानव अधिकार समूहका अध्यक्ष नुनुलाल साहले बताउनु भयो ।
सुकुम्बासी विपन्न, दलित समुदायको आवासको अधिकार अन्तरर्गत तथ्याङ्क सङ्कलन गर्नुपर्ने, आवास अधिकार सुनिश्चित गर्नुपर्ने, नरसिंह स्वास्थ्य चौकीमा सञ्चालन गरिएको प्रसूती गृहलाई थप प्रभावकारी र नियमित बनाउनुपर्ने, सिजनमा कृषकहरूलाई रासायनिक मल, उन्नत जात बिउविजन उपलब्ध गराउन पहल गनुपर्ने, माटो सुहाउँदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्नुपर्ने, शिक्षामा गुणस्तरीयताका लागि विद्यालयमा विषयगत शिक्षकको थप व्यवस्था गर्नुपर्ने, कृषि, पशु, शिक्षा र स्वास्थ्यमा अनुगमन गरी अनुशासित, नियमितता, जवाफदेहिता र जिम्मेबारीप्रति उत्तरदायी भएकाहरु मध्ये उतकृष्टलाई सम्मान गर्नुपर्ने सुझाव ज्ञापनपत्रमा समेटिएको छ ।
जयकृष्ण यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…