गाउँपालिकामा वातावरण अधिकारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
इन्सेक तथा जानकी गाउँपालिका स्तरीय मानव अधिकार समूहको आयोजनामा वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी कात्तिक २२ गते जानकी गाउँपालिमा सम्पन्न भएको छ ।
जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले वातावरण तथा फोहोर ब्यवस्थापन नीति निर्माण भइ बजेट बिनियोजना गरेको र सल्लाह तथा समन्वय गरि कार्यान्वयन प्रभावकारीरुपमा गर्ने प्रतिवद्धता गर्नु भयो ।
गाउँपालिका उपाध्यक्ष राम प्यारी यादवले समुदायलाई स्वच्छ वातावरण दिन सकिने नीति अनुसार बजेट तथा कार्ययोजना निर्माण र कार्यान्वयनमा, सार्वजनिक ठाउँमा बृक्षारोपण गरी वातावरण सम्वद्र्धन तथा प्रवद्र्धनमा सहयोग गर्न प्रतिवद्धता गर्न भयो ।
वातावरण तथा विपद् ब्यवस्थापन शाखा अधिकृत राजेन्द्र बाजपेयीले विगतमा भएको कार्य तथा उपलब्धी समेत जानकारी गराउदै वडास्तरमा पनि अझ प्रभावकारीरुपमा बैठक बसी कार्यन्वयन गर्ने बताउनु भयो ।
सामाजिक विकास संयोजक रामअचल धोवीले नीति निर्माण भइ कार्यान्वयनमा रहेको र फोहोरले वाताबरणलाई प्रदुषित गराउदै मानव जीवनमा नराम्रो असर परि रहेको जसका लागि वातावरण प्रदुषण अनुगमन तथा कार्यान्वयनलाई अझ प्रभावकारी रुपमा लैजाने प्रतिबद्धता गरिनु भएको थियो ।
वडा नं.३ का वडाध्यक्ष राज कुमार कुर्मीले सवै काम कागजमा मात्रै समिति नराखी ब्यवहारमा उतार्न आवश्यक भएकाले जिम्मेवार भई कार्यन्वयन गर्न गराउन गाउपालिकालाई समेत सुझाव दिदै आफू सक्रिय भई कायान्वयनमा जोड दिन आग्रह समेत गरेका थिए ।
वडा नं.५ का वडाध्यक्ष टीकानाथ यादवले जानकी गाउपालिका वातावरण तथा फोहोर ब्यवस्थापन समितिको बैठक ५ पटक बसेर योजना निर्माण तथा कार्यान्वयनमा जोड दिदै आएको र प्रभावकारी अनुगमनको आवश्यकता भएको बताउनु भयो ।
मानव अधिकार समूहका अध्यक्ष मो.जहिर शेषले प्रत्येक वडा र गाउँपलिकास्तरमा वातावरण समिति तथा योजना निर्माण र कार्यान्वयन गर्न समन्वय सहकार्य गर्दै आएको बताउदै गाउँपलिाकाले बिनियोजन गरेको १ लाख २५ हजार रूपियाँ वातावरण तथा सुधारमा खर्च गर्ने बताउनु भयो ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि कालिका नगरपालिकामा गठन भएको मानव अधिकार समूहले कालिका नगरपालिका प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र…
बाल अधिकार सचेतना समूहद्वारा लैंगिक हिंसा विरूद्धको सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, भाटनपुर्वा गठित बाल अधिकार सचेतना समूहले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १५ गते लैंगिक हिंसाविरूद्धको सडक नाटक प्रदर्शन गरेको छ…
जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिका–४ स्थित श्री शिव शक्ति माध्यमिक विद्यालयमा गठन गरिएको बालअधिकार सचेतना समूहले ०८० मङ्सिर १३ गते सोही गाउँपालिकाको बजार चौकमा जनचेतनामूलक सडक नाटक…
माछापुच्छ्रे गाउँपालिकालाई मानवअधिकार समूहको १३ बुँदे ध्यानकर्षण पत्र
माछापुच्छ्रे गाउँपालिकाको मानवअधिकार समूहले गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी र प्रमुख प्रशासकिय अधिकृत गोपिकृष्ण अर्याललाई १३ बुँदे माग राख्दै मङ्सिर १४ गते ध्यानकर्षण पत्र बुझाएका छन् । मानव…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर १२ गते शम्भुनाथ नगरपलिका–१० लहरनिया टोलमा सडक नाटक प्रदर्शन गरेका छन्…