गाँउपालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  ०७८ असार २्९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कालिञ्चोक गाँउपालिका स्तरीय शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवाला सँगको सार्वजनिक सुनुवाई कार्यक्रम असार २८ सम्पन्न भयो ।

photo20210713dolakha1कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष कालिका पाठकले सार्वजनिक सुनुवाई कार्यक्रममार्फत पालिकाले गरेको सबै क्षेत्रका कामको बारेमा जानकारी दिन पाएकोमा आयोजकलाई धन्यवाद दिनु भयो ।

उहाँले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका क्षेत्रमा भएका कमजोरी निकाली स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण गराउन मानव अधिकार समूह सफल भएको उल्लेख गर्नु भयो ।

उपाध्यक्ष पाठकले पहिरो गएको लापिलाङ् क्षेत्रका पीडितलाई खाद्य तथा आवासको ग्यारेन्टी गर्ने प्रतिवद्धा व्यक्त गर्दै खानेपानीको अभाव र बालबालिका बिरामी परेको भन्दै सम्बधित शाखालाई अनुगमन गर्न निर्देशन दिनु भयो ।

सबै क्षेत्रलाई सुधार गरेर लैजाने र सार्वजनिक सुनुवाईमा उठेका सवाल कार्यपालिकाको बैठकमा लगरे छलफल गरी कार्यान्वयनमा लैजाने पनि उपाध्यक्ष पाठकले बताउनुभयो ।

कार्यक्रममा शिक्षातर्फ आर्थिक वर्ष २०७८/७९ मा सामुदायिक विद्यालयमा ३० लाख रकम पाठयपुस्तकका लागि विनियोजित भएको, खाजा, पोशाक, शिक्षकलाई तालिम, विद्यार्थीमा हुने अतिरिक्त क्रियाकलाप, पाठ्य पुस्तक, शिक्षक तलव भत्ता लगायतमा १३ करोड शिक्षा तर्फ लगानी भएको शिक्षा शाखाका रोशनी आर्चायले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षमा बाली विज्ञान पढाई सञ्चालन, स्थानीय भाषामा पाठ्यपुस्तक प्रकाशन गरी पढाई गरिने,  छात्रावास व्यवस्थापन गरिने, कोभिडका कारण विद्यालय बन्द भएपछि हाल अनलाइन कक्षा तयारी गरे पनि इन्टरनेटका कारण हुन नसकेको, थामी समुदायमा दिवा खाजासहित थामी भाषमा पढाई सुरु गरिएको, वाली विज्ञान पढ्नेलाई पालिका भित्रका विद्यार्थीलाई ३० हजार र बाहिरबाट आएकालाई २० हजार रुपैयाँ दिने गरिएको, १ करोड विपन्न र लक्षित विद्यार्थीका लागि पोशाक, खाजा लगायतमा विनियोजित गरिएको शाखा प्रमुख आचार्यले बताउनु भयो ।

आचार्यले कर्मचारी अभावका कारण विद्यालय अनुगमन गर्न नपाउँदा थप समस्या भएको शिक्षा बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले टोलमा शिक्षक खटाएर भए पनि पढाउन आग्रह गरेका छन् । सहभागी अभिभावक सरिता शिवाकोटीले कोभिडका कारण विद्यालय बन्द भएसँगै बालबालिकाको पठनपाठन प्रभावित बनेकाले टोलटोलमा शिक्षक खटाउन आग्रह गर्नुभयो ।

दुर्गम ग्रामीण क्षेत्रमा अनलाइन कक्षा हुन नस्कने भन्दै सहभागी कर्णबहादुर थामीले अन्य विकल्प खोज्न आग्रह गर्नुभयो ।

photo20210713dolakha2कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यम बनाइए पनि शिक्षक दक्ष नभएको, अङ्ग्रेजी माध्यमको पढाई नाममा मात्रै हुँदै गएकोतर्फ सचेत बन्न र दक्ष शिक्षक खोज्न, विषयगत शिक्षक नभएको तर्पm शिक्षक राम शिकाकेटीले ध्यानाकर्षण गरांउनुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुशील श्रेष्ठले कोभिडका कारण नियमित योजना प्रभावित बनेकोे, पालिका भित्र बहुक्षेत्रिय पोषणको कार्यक्रम र गर्भवतीलाई अण्डा वितरण कार्यक्रम सञ्चालन गरिएको, २५ वेडको कोभिड अस्पताल र आइशोलेसन स्थापना गरिएको बताउनु भयो ।

श्रेष्ठले स्वास्थ्यकर्मी लगायतलाई खोप लगाएको र खोप अभियान सञ्चालन भइरहेको, स्वास्थ्य इकाई र चौकीहरूको भौतिक निमार्ण सकिएको, घुम्ती स्वास्थ्य सेवा सञ्चालनमा रहेको, कोभिडका बिरामीका लागि एम्बुलेन्स सेवा निशुल्क गरिएको समेत उल्लेख गर्नु भयो ।

कार्यक्रममा सहभागी भगवती खत्रील कोभिड विरुद्धको खोप कस्ता व्यक्तिले पाउने भन्दै प्रश्न गर्नुभयो भने अर्का सहभागी मञ्जु अधिकारीले पालिकाले खोपको व्यवस्था गरेर सबैलाई लगाईदिन आग्रह गर्नुभयो ।

सहभागीहरूले पालिकाले दिने स्वास्थ्य सेवा चुस्त नभएको भन्दै स्वास्थ्य क्षेत्र बजेटबारे जानकारी माग गरे पनि शाखा प्रमुखले गाउँसभाले पारित नगरेकाले उल्लेख नगरेको जवाफ दिनुभयो ।

कृषि सहायक मिरा खुलालले कृषि क्षेत्रमा सेवा विस्तार गर्दै गएको, सबै वडामा बजेट पठाउने व्यवस्था गरिएको, स्वम्सेवकका रूपमा समेत बाली विज्ञानका विद्यार्थी परिचालन गर्ने गरिएको जानकारी दिनु भयो ।

उहाँले उत्पादन कम हुने पालिकाको १ नं वडामा खाद्य सुरक्षा कार्यक्रम सञ्चालन गरिएको, खाद्य सुरक्षाका विषयमा कृषि शाखाले सक्दो काम गर्ने, व्यवसायीक कृषिका लागि किवि र कागती पकेट क्षेत्र विस्तार गरिएको, कोभिडले असर गरेको कृषि क्षेत्रका किसानका लागि कृषि औजार वितरण लगायतको अभियान सञ्चालन गरिएको जानकारी बताउनु भयो ।

सहभागीहरूले कृषि क्षेत्रमा मनोमानी बजेट खर्च गरेको, पहुँचवालाले कृषि क्षेत्रको बजेट लाने गरेको, व्यवसायीक किसाने अनुदान नपाउने गरेको गुनासो गरेका थिए ।

सहभागी जगन्नाथ ओलीले कृषि उपज सङ्कलन गरी बाह्य केन्द्रमा बाहिर पठाउदा सस्तो र पालिकाको भण्डारणमा महङ्गो शुल्क लिएको गुनासो गर्नुभयो ।

कृषिकले कृषि उपज समयमा बजार पुर्‍याउन नसकेको, अनुदान दिँदा अनुगमन गरेर मात्रै कृषक छान्न र खेती प्रणालीको अध्ययन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

प्राविधिक शाखाका प्रमुख नारायण शिवाकोटीले भूकम्पले क्षतिग्रस्त जनताको आवास ९८ प्रतिशत निमार्ण सकिएको, पहिरो गएको क्षेत्र वडा नं. ५ मा एकिकृत अध्ययन थालिएको र पीडितलाई हाल सुरक्षित स्थानमा सारिएको, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरूको आवास निर्माण चलिरहेको शिवाकोटीले जानकारी दिनु भयो ।

उद्धव पोखरेल