गाँउपालिकालाई बालमैत्री बनाउन प्रतिबद्ध छौः अध्यक्ष केसी
अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले आगामी २०८३ भित्र अन्नपूर्ण गाँउपालिकालाई पूर्णरुपमा बालमैत्री बनाउने प्रतिबद्धता जनाउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालयको सहयोगमा जेठ २ गते अन्नपूर्ण गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले उक्त कुरा जनाउनुभएको हो ।
उपाध्यक्ष चन्द्रकला अधिकारीले बालमैत्री स्थानीय शासनका बारेमा विभिन्न तालिमहरू आयोजना भएपनि स्थानीय सरकार आएपछि बल्ल जानकारी पाएको सुनाउनु भयो । उहाँले पालिकाले बालमैत्री स्थानीय शासनमा हस्ताक्षर गरी सकेकाले अब कामको थालनी गर्ने बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत खेमराज दवकोटाले बालबालिकाले पाउनुपर्ने अधिकारका लागि गाउँपालिकाले पहल गर्नुपर्नेमा जोड दिनु भयो । घर, विद्यालय र सार्वजनिक विद्यालयमा पनि बालमैत्री वातावरण हुनुपर्ने उहाँले बताउनु भयो ।
शिक्षा शाखा प्रमुख बलराम भुगाईँले गाउँपालिकालाई बालश्रम मुक्त पालिका घोषणा गर्ने तयारी रहेको बताउनु भयो ।
इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले बालमैत्री स्थानीय शासनका लागि सरकारी तवरबाट पहल हुनुपर्ने र संस्थाले हातेमालो गर्दै आइरहेको बताउनु भयो । राष्ट्रिय बाल अधिका परिषद् गण्डकीका संयोजक बद्री वाग्लेले बालमैत्री अभियानमा सबै लाग्नुपर्ने बताउनु भयो ।
नारायण केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…
वडा स्तरीय मानव अधिकार समूह गठन
माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा जेठ १९ गते वडा स्तरीय मानव अधिकार समूह गठन भएको छ । समूहको अध्यक्षमा शोभा मोहन लम्साल, उपाध्यक्षमा लक्ष्मी लम्साल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा नवीन कुमार…