गहुँको मुल्य निर्धारण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण
मानव अधिकार निगरानी समूह कञ्चनपुर र इन्सेक क्षेत्रीय कार्यालय धनगढीले कञ्चनपुरमा गहुँको मुल्य निर्धारण नगरेका कारण कृषकहरू मार्कामा परेको भन्दै गहुँको मुल्य निर्धारण गर्न चैत ३१ गते प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत गठित मानव अधिकार निगरानी समूह कञ्चनपुरका संयोजक कृष्णसिंह देउपाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई गहुँको मुल्य निर्धारण गनुपर्ने, जिल्लामा अखाद्य वस्तुहरूको विक्री वितरणमा वृद्धि भएकाले अखाद्य वस्तु नियन्त्रण गर्नका लागि नियमित अनुगमन गनुपर्नेलगायतका खाद्य अधिकारका सवालहरूमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो ।
मानव अधिकार निगारानी समूहले खाद्य अधिकारका सवालमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएपछि प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले छिट्टै गहुँको मुल्य निर्धारण गर्न आवश्यक प्रक्रिया थालिने र बजार अनुगमनलाई नियमित गर्ने प्रतिबद्धता जनाएका छन् ।
कोमलनिरन्जन भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…