गण्डकीमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा गण्डकी प्रदेशमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा बाल अधिकार समूहहरूको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा मादी गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र नवलपुरका बाल अधिकार समूहका प्रतिनिधिहरू, बालबालिका, तथा जिल्ला सहजकर्ताहरूको उपस्थिति रहेको थियो ।
बाल अधिकार सञ्जाल गण्डकीका अध्यक्ष सुनिश्चित गुरुङले मादी गाउँपालिकामा विभिन्न चुनौतीका बाबजुद समूहले निरन्तर प्रभावकारी रूपमा काम गरिरहेको बताउनु भयो । समूहले भैलो खेलेर ४० हजार रुपियाँको कोष स्थापना गरेको जानकारी गराउँदै सो रकम सचेतनामूलक कार्यमा लगानी गरिएको उहाँले उल्लेख गर्नु भयो । साथै, समुदायमा सरसफाइका अभियान सञ्चालन गर्दै आएको र आगामी दिनमा अझ व्यापक रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नवलपुर ज्ञानोदय माविकी छात्रा शितल चौधरीले नवलपुरमा बालविवाहका घटना अझै रोकिएको छैन भन्दै चिन्ता व्यक्त गर्नुभयो । विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि बालविवाहका घटनाहरू निरन्तर भइरहेको उहाँले बताउनु भयो । जलवायु परिवर्तनको असर पनि नवलपुरमा महसुस हुन थालेको भन्दै विद्यालयस्तरमै नाटकमार्फत सचेतना फैलाइएको जानकारी गराउनुभयो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले गण्डकी प्रदेशका बाल अधिकार समूहहरूले अन्य बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा विपन्न समुदायको अधिकार संरक्षणमा समेत सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।
सञ्जय रानाभाट
सम्बन्धित इन्सेक गतिविधिहरू
घोडाघोडी नगरस्तरीय मानव अधिकार समूहको साधारण सभा सम्पन्न
घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको साधारण सभा ०८१ चैत ११ गते सुख्डमा सम्पन्न भएको छ । नगरस्तरीय मानव अधिकार समूहको प्रथम साधारण सभाबाट मानव अधिकार समूहको अध्यक्षमा आशा परिवार, उपाध्यक्षमा…
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्वन्द्वपीडितको माग
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न बाँकेका द्वन्द्वपीडित र अधिकारकर्मीहरूले द्वन्द्वपीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीको अध्यक्षतामा सङ्क्रमणकालीन न्यायको पछिल्लो अवस्था, पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया ०८१ चैत…
वातावरण संरक्षणसम्बन्धी सडक नाटक प्रर्दशन
इन्सेकद्वारा गठित सूर्यज्योति प्रगतिशील बाल अधिकार समूह बराहताल गाउँपालिका–७, लामाखालीको आयोजना, बराहताल मानव अधिकार समूह र सूर्यज्योति माध्यामिक विद्यालयको समन्वयमा ०८१ चैत्र १० गते बराहताल गाउँपालिका–७, लामाखालीमा वातावरण संरक्षणसम्बन्धी सडक…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार समूहको विगत ६ महिनामा सम्पन्न गरिएका कामको समीक्षा र प्रभावकारी परिचालन गर्ने उद्देश्यले राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको छलफल कार्यक्रम…
जातीय विभेद उन्मुलन दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
इन्सेका लगाएत गैरसरकारी संस्थाको आयोजनामा जाजरकोटमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा सरोकारवालाहरूसँग जातीय उन्मुलनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जाजरकोट सदरमुकाममा जातीय विभेद उन्मुलन दिवस…