गण्डकीमा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीद्धारा माघ ८ गते पोखरामा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ ।
कास्कीको मादी गाउँपालिका र माछापुछ्रे गाउँपालिका तथा नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका र देवचुली नगरपालिकामा गठित मानव अधिकार समूहको प्रदेश भेलामा अध्यक्षमा माछापुच्छे« गाउँपालिका ७ का डिल्लीराम भण्डारीलाई चयन हुनुभएको छ ।
उपाध्यक्षमा मध्यविन्दु नगरपालिका १२ का भुपालाल अर्याल, सचिवमा देवचुली नगरपालिका ७ का कृष्ण वि.क., कोषाध्यक्षमा प्रेमकुमारी अधिकारी, सहसचिवमा ऋषिराम सापकोटा चयन हुनभएको छ ।
सुनिता परियार, भिमबहादुर वि.क., निशा चौधरी, खेम पुरी, दिलु पुन, रुद्रनाथ अधिकारी, राजकुमार वि.क.र सपना परियार सदस्यमा चयन हुनुभएको छ । त्यस्तैे मानव अधिकार सञ्जालको पहिलो बैठक फागुन ७ गते पोखरामा गर्ने भेलाले निर्णय गरेको छ ।
कार्यक्रममा मानव अधिकार समूह गठन भएदेखि समूहले हाल सम्म गरेका क्रियाकलापका बिषयमा जिल्लागत प्रस्तुति तथा इन्सेकका फोकल पर्सन सवनम शर्माले सञ्जाल गठनको अवश्यकताका बारेमा प्रस्तुति राख्नुभयो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले प्रदेश स्तरीय मानव अधिकार संजालका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै मानव अधिकार संरक्षण र सम्बर्दनमा मानव अधिकार संजालको महत्वपुर्ण भुमिका हुने हुदा स्थानिय सरकारलाई मानव अधिकारप्रति संवेदनशिल र जवाफदेही बनाउन निरन्तर क्रियाशिल रहन सझाव दिनुभयो ।
उहाले, समाजमा थुप्रै मानव अधिकारका सवालहरू रहेकोले त्यस्ता सवालहरूको पहिचान गरी स्थानिय तहमा समाधान हुन नसक्ने सवाललाई प्रदेश सरकार समक्ष ल्याउने र समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउन पुलको काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नारायण क्षेत्री
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…