गण्डकीमा प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गण्डकी प्रदेश स्तरीय बाल अधिकार सञ्जाल माघ ७ गते कास्कीको पोखरामा गठन गरेको छ ।
कास्कीको माछापुछ्रे र मादी गाँउपालिका र नवलपुरको देवचुली र मध्यबिन्दु नगरपालिकाका आठ विधालय अन्र्तगत बाल अधिकार सञ्जाल गठन गरिएको हो । मादी गाउपालिका सीताराम मा विका कक्षा ९ मा अध्ययनरत सुनिश्चित गुरुङ अध्यक्षमा चयन हुनु भएको छ । त्यसैगरि उपाध्यक्षमा नवलपुर भिमसेन आदर्श मा वि मा अध्ययनरत निशा सारु, सचिवमा नवलपुरकै बालकृष्ण पाण्डे र उपसचिवमा माछापुछ्रे महेन्द्र मा विकी सृष्टि नेपाली र कोषाध्यक्षमा नवलपुरका पुनाम रानामगर चयन हुनु भएको छ भने अन्य सदस्य सहित १६ जनाको समूह गठन भएको छ ।
कार्यक्रममा मानव अधिकार आयोगका बाल अधिकार फोकल पर्सन मोहन काफ्लेले बालबालिकाहरू माथि हुने हिंसा का बारेमा बालअधिकार सञ्जालले आवाज उठाउनु पर्ने र बालबालिकाहरू आफ्नो अधिकारप्रति सचेत हुनुपर्ने कुरा व्यक्त गर्नुभयो ।
त्यसैगरि बाल अधिकार समूहका विधार्थीहरूले आफुहरूले बाल अधिकार सम्बन्धी तथा जातिय विभेद, लैङ्गिक विभेद, बालबिवाह जस्ता विषयमा जनचेतनामुलक नाटक प्रस्तुत गरिराखेको र आउदा दिनहरूमा पनि यस्ता खालका कार्यक्रमहरू गर्ने कुरा व्यक्त गर्नुभयो ।
इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बाल अधिकार सञ्जालबाट बालबालिकाहरूको कार्यक्रम तथा कृयाकलापले समाजमा परिवर्तन ल्याउनुपर्ने र विधालयमा हुने सबै खालका दण्ड सजायको अन्त्य गर्न पनि सबैले आवाज उठाउनुपर्ने भन्दै नयाँ गठित समूहलाई बधाई दिनुभयो ।
इन्सेक गण्डकीप्रदेश कार्यक्रम फोकल पर्सन सबनम शर्माले बालअधिकार सञ्जाल किन आवश्यक हुन्छ र यसको उदेश्यका बारेमा प्रस्तुती गर्नुभएको थियो ।
नारायण क्षेत्री
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…