खोप्लाङमा इन्सेकको सार्वजनिक सुनुवाइ
पालुङटार नगरपालिका–१ खोप्लाङका भूकम्प पीडितले वर्षाले बाटो बिगार्दा घर निर्माण प्रभावित भएको गुनासो गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार सञ्जालको आयोजनामा भएको भूकम्प पीडितको अवस्था विषयक सार्वजनिक कार्यक्रममा सहभागी भूकम्प पीडितले घर निर्माणलाई पुर्णता दिन नसक्दा किस्ता रकम पनि नपाइएको बताए ।
बर्खा आगावै पहिलो र दोस्रो किस्ता लिएर आधाआधी घर निर्माण सकेपनि बर्खाले बाटो बिगार्दा निर्माण सामग्री ल्याउन नपाएर घर निर्माणलाई पुर्णता दिन नसकेको खोप्लाङ ज्योती चौताराकी सरस्वती योगीले बताइन् ।
बर्खाले बिगारको बाटो चाँडो सफा गरेर ट्याक्टर हिँड्न मिल्ने बनाइदिनुपर्ने अधिकांश स्थानीयहरूको माग छ ।
दुई वर्षअघि भूकम्प पीडितको लाभाग्राही सूचीमा नाम समावेश गर्न माग गर्दै गुनासो फर्म भरेपनि हालसम्म त्यसको सुनुवाइ नभएको गोपाल अधिकारीले गुनासो गरे ।
आफू बस्दै आएको दुई वटै घर क्षतिग्रस्त भएर टहरोमा बस्दा पनि लाभाग्राही सूचीमा नाम समावेश नभएको भन्दै उनले असन्तुष्टि जनाए ।
सरकारले सहुलियत दरमा ऋण दिने भनेर आश्वासन दिएपनि भूकम्प पीडितले उक्त ऋण रकम नपाएको लक्ष्मण गुरुङले गुनासो गरे ।
भूकम्प अगावै भिन्न भएर बसेपनि लाभाग्राही सूचीमा नाम समावेश नभएको आइतबहादुर बिकले बताए । टहरोको बसाइ कष्टकर रहेको र अनुदान रकम पाउनबाट आफू वञ्चित रहेको भन्दै लाभाग्राही सूचीमा नाम समावेशको पहल गरिदिन वडा कार्यालय समक्ष उनले माग गरे ।
भूकम्पले क्षतिग्रस्त बनाएको घर रेक्ट्रोफिटिङ गर्न भन्दै पैसा आएकोमा पनि कार्यक्रमका सहभागीले चिन्ता जनाएका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्ण परियारले नक्सा पास नगरी तेस्रो किस्ता नपाउने सिस्टम बसालेको बताए ।
पालुङटार नगरपालिकालाई स्माट सिटी बनाउन लागेकाले उक्त अभियानमा स्थानीयहरूको पनि साथ चाहिने उनले बताए । ढुङ्गा माटाका भत्किएका घरलाई लाभाग्राही सूचीमा समावेश गर्न पहल भइरहेको परियारको भनाइ छ ।
पत्रकार महासङ्घ गोरखा शाखाका उपाध्यक्ष दिपक श्रेष्ठले अस्थायी टहरोमा बसेका भूकम्प पीडिको अवस्था भूकम्प गएको तीन वर्षसम्म सुध्रन नसकेको भन्दै चिन्ता जनाए ।
हरिराम उप्रेती
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…