खानेपानी व्यवस्थापन गर्न मानव अधिकार समूहको ज्ञापन पत्र

  ०७७ चैत २९ गते

सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा खानेपानीको चरम अभाव भएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोट र मानव अधिकार समूहले जिल्ला प्रशासन कार्यालय, खाँडाचक्र नगरपालिका र वडा नम्वर १ को ध्यानाकर्षण गराएका छन ।

महासंघका जिला अध्यक्ष भरतराज विष्ट र इन्सेकद्वारा खाँडाचक्र नपामा गठित मानव अधिकार समूहका उपाध्यक्ष दक्षीणा शाहद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा खाँडाचक्र नगरपालिकाको खानेपानी समस्या तत्काल समाधन गर्न माग गरिएको छ ।

20210412 Kalikot 2

चैत २९ गते प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नगरपालिकाका उपप्रमुख विजया विष्ट र वडा नम्वर १ का कार्यवाहक अध्यक्ष चरत शाहीले ध्यानाकर्षण पत्र ग्रहण गर्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले ज्ञापन पत्रलाई सम्वन्धित मन्त्रालय, सरोकारवाला, वडा कार्यालय र नगरपालिका लगाएतमा खानेपानी समस्याको समाधान पहल गर्न प्रतिवता व्यक्त गर्नु भयो ।

बजारमा सर्वसाधारणलाई पानीको हाहाकार भएको र पहुँचवालालाई चौबिसै घण्टा पानी दिएको भन्दै स्थानीयले खाँडाचक्र नपा–१ र नगरपालिकामा तालावन्दी समेत गरेका छन् ।

यस अघि मानव अधिकार समूहले खानेपानीको समस्यालाई लिएर पटक पटक नगरपालिकामा ध्यनाकर्ण पत्र बुझाउँदै आएको थियो ।

20210412 Kalikot

कालीबहादुर मल्ल