खाद्य अधिकारसम्बन्धी सरोकारवालाहरू बीच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा ०७८ चैत १७ गते भीमेश्वर नगरपालिकामा खाद्य अधिकारसम्बन्धी सरोकारवालाहरू बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा खाद्य अधिकारसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाहरूका बारेमा सहभागीहरूलाई इन्सेक सहजकर्ता शुसिला प्रशाईले खासगरी भीमेश्वर नगरपालिकाको खाद्य अधिकारको अवस्थाबारे जानकारी गराउँदै कार्यक्रमको छलफल गराउनुभयो ।
कार्यक्रममा सहभागीहरूले गाउँ तथा बजारका पसलहरूबाट म्याद गुज्रेका खाद्य वस्तुहरूको बिक्री वितरण हुने हुँदा नागरिकको स्वास्थ्य र खाद्यको अधिकार संरक्षणका लागि बजार अनुगमन कमै हुने गरेको, वास्तविक कृषकहरूलाई कृषिसम्बन्धी सूचनाहरूको पहुँच नपुगेको, कृषि उपजमा प्रयोग गरिने रासायनिक मल तथा विषादीको बारेमा जानकारी नगराउँदा जथाभावी किटनाशक औषधीको प्रयोग हुने गरेको तथा कृषिका लागि भीमेश्वर नगरपालिकावाट बार्षिक दुई प्रतिशतभन्दा कम बजेट बिनियोजन गरिएको गुनासो गरेका थिए ।
साथै सहभागीहरूले पालिकाले उत्कृष्ट कृषकहरूलाई सम्मान र पुरष्कृतका कार्यक्रम राखिनुपर्ने, कृषि विमाका बारेमा कृषकलाई जानकारी दिनुपर्ने, खाद्य सुरक्षा र सम्प्रभुतासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका कार्यक्रम राख्न सुझावहरू पनि दिएका थिए ।
कार्यक्रममा भीमेश्वर नगर उपप्रमुख तथा बजार अनुगमन समितिको संयोजक कमला बस्नेतले कृषि उपजमा प्रयोग गरिने रासायनिक मल तथा विषादीहरूको सट्टामा प्राङ्गारिक मल र घरेलु औषधिहरूको प्रयोग बढाउने भीमेश्वर नगरपालिकाको आगामी वर्षको कार्यक्रमा समेटिने, बजार अनुगमन प्रभावकारी बनाईने, आधुनिक खेतिप्रणालीको बिस्तार, कृषि बिमाका लागि नागरिक सचेतना कार्यक्रमलाई प्राथमिकता दिईने बताउनुभयो ।
भीमेश्वर नगरपालिका कृषि शाखा प्रमुख मेनुका घिमिरेले कृषि प्रधान देशमा स्थानीय सरकारले कृषिमा बजेट बिनियोजन कमी गर्दा अपेक्षित उपलब्धि हुन नसकेको बताउंनुभयो ।
वास्तविक किसान पहिचान गरी पुरस्कार र अनुदानको व्यवस्था गर्न सके जीविकोपार्जनमूखी खेती प्रणालीलाई व्यवसायिकर्फ लैजान सकिने पनि उहाले बताउनुभयो ।
उद्धव पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार निर्देशिका कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
वीरेन्द्रनगर नपाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगर नपाको समन्वयमा इन्सेकले तयार गरेको मानव अधिकार निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले असार २२ गते वीरेन्द्रनगरमा…
मानव अधिकार उल्लङ्घनका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापनामा जोड
मानव अधिकार उल्लङ्घन घटनाका पीडितलाई न्यायमा पहुँच पु¥याउन कोष स्थापना हुनुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेकद्वारा जाजरकोटको खलंगामा असार २२ गते अधिकारकर्मीबीच आयोजित छलफल कार्यक्रममा जिल्ला स्तरीय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा असार २१ गते परासीमा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि…
सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा जोड
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले गठन गरिएको जिल्ला स्तरीय सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड…
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण सम्पन्न
रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखीकरण असार २० गते सम्पन्न गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा इन्सेक गण्डकी प्रदेशले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा…