खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङ्जाले फेदिखोला गाउँपालिका–२ मा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते सम्पन्न गरेको छ ।
कार्यक्रममा फेदिखोला गाउँपालिकाका कृषि शाखा प्रमुख शिशिर पण्डितले गाउँपालिका भित्रका वडाहरूमा कृषि कार्यक्रम र कृषकहरूको लागि बिनियोजन गरिएको बजेट बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उहाँले केही दिन अघि बेमौसमी वर्षाका कारण कृषकहरूले भोग्नु परेको समस्या बारे छलफल गर्दै गाउँपालिकाबाट गरिएका सहयोगको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि फेदिखोला गाउँपालिका–२ का वडाध्यक्ष हिमाल जङ्ग बानियाँले युवाहरूको लागि कृषि क्षेत्रको महत्व बताउदै कृषकलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
हाल प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत आएको १० लाख रूपियाँ फेदिखोला गाउँपालिका–२ का मजदुरहरूलाई वडाले बिनियोजन गर्ने निर्णय गरेको बताउदै उहाँले सो सहयोगले धेरै मजदुरहरू लाभान्वित हुने र उनीहरूलाई आर्थिक रूपमा सहयोग हुने बताउनुभयो ।
उहाँले मानव अधिकारसम्बन्धी कार्यक्रमकाे लागि वडाले बजेट बिनियाेजन गरेकाे र साे सम्बन्धी कार्यक्रमहरू सञ्चालनमा सहयाेग गरिदिन इन्सेकलाइ अनुराेध गर्नुभयाे ।
कार्यक्रमका सहभागी काजिमान गुरूङले युवा लक्षित योजनाहरू कार्यान्वयन भए नभएको बारे सरोकारवालाले अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा उपस्थित अन्य सहभागीहरूले कृषि बिमाको राहत रकम बुझ्न धेरै समय लाग्ने र सो बारे सेवाग्राहीहरू अझैपनि अनविज्ञ रहेको बताउनुभयो । उहाँहरुले इन्सेकले सञ्चालन गर्ने यस्ता कार्यक्रम हरेक वडामा गर्नुपर्ने सुझाव दिनुभयाे ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकार मौलिक अधिकार रहेको र नेपालको संविधानले नागरिकहरूको लागि व्यवस्थापन गरेको अधिकारहरूबाट कोही पनि वञ्चित नहोउन भनीे सो बारे सूचना सम्प्रेषण गरी जागरुकताको आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा इन्सेकद्वारा फेदिखोला गाउँपालिकामा गठन गरिएको मानव अधिकार निगरानी समूहका संयोजक लेखनाथ पराजुलीले इन्सेकद्वारा सञ्चालित कार्यक्रम सूचनामुखि रहेको बताउदै यस्ता कार्यक्रमले नागरिकहरूलाई मानव अधिकार प्रति सम्वेदनशिल बनाउने बताउनुभयो ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…