खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७८ कात्तिक १३ गते

मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि राज्यको जबाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत मानव अधिकार निगरानी समूहसँगको सहकार्यमा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक ११ गते कालिञ्चोक गाउँपालिकामा सम्पन्न गरियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा भएको सो कार्यक्रम मानव अधिकार समूहका अध्यक्ष जितबहादुर तमाङको अध्यक्षता तथा कालिञ्चोक गाउँपालिकाका कृषि शाखा प्रमुख मिरा खुलाल, मानव अधिकार समूहका पदाधिकारी तथा सदस्य र अगुवा कृषक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय तहको खाद्य सुरक्षाको अवस्था, कृषि क्षेत्रको प्राथमिकता र कृषि क्षेत्रमा विनियोजित बजेटका विषयमा छलफल भयो ।

कालिञ्चोक गाउँपालिका कृषि शाखा प्रमुख मिरा खुलालले खाद्यको अधिकारसम्बन्धी संवैधानिक व्यवस्था, विद्यमन नीति र प्रावधानका विषयमा जानकारी गराउनुभयो ।

कार्यक्रममा अगुवा कृषकहरूले स्थानीय तहका कृषिमा बजेट विनियोजन गर्दा ध्यान नदिएको, जङ्गली जनावर र बाँदरका कारण स्थानीय कृषि पेशाबाट विस्थापित बन्नु परेको र कृषकले गरेको तरकारी तथा फलफुल अन्न बाली जस्तैः खुर्सानी, कोदो, सुन्तला, आलुलगायतका खाद्यबाली र नगदेबालीमा किरा लाग्ने र बोटमै मर्ने सुक्ने जस्ता रोग देखा परेको कृषक हरुको गुनासो रहेको जानकारी गराएका थिए ।

अगुवा कृषकका तर्फबाट कृष्ण शिवाकोटीले गाउँपालिकाले आधुनिक कृषि प्रणालीको नारा दिएपनि बजेट विनियोजनमा भने कन्जुस्याइँ गरेका गुनासो गुर्नभयो ।

उहाँले खाद्य सुरक्षाको सुनिश्चितता कृषि क्षेत्रबाट हुने भएकाले स्थानीय तहको धेरै क्षेत्र कृषिले ओगटेको तर बजार अभाव, अनुदानबाट वञ्चित भएका कारण धेरैले यो पेशाबाट हात झिक्नु परेको औँल्याउनुभयो ।

यस्तै कृषकहरूले समयमा मल बिउ लगायतका सामग्री नपाउँदा थप समस्या भएको गुनासो गरेका छन् ।

कस्ता गैर कृषकले समूह बनाएर अनुदान पाउँछन् वास्तविक किसानले कृषिमा अनुदानको व्यवस्था भएकोबारे जानकारी समेत नहुने भएकाले वास्तविक किसानको पहिचान गरेर अनुदान उपलब्ध गराउन माग गरे ।

कार्यक्रममा कालिञ्चोक गाउँपालिका कृषि शाखा प्रमुख मिरा खुलालले कृषकबाट आएका गुनासो आगामी दिनमा सम्बोधन गरी बजेट विनियोजन गर्ने प्रतिबद्धाता व्यक्त गर्नुभयो ।

गत आर्थिक वर्षभन्दा यस वर्ष कृषि क्षेत्रको बजेट कटौती भएको अन्य योजना जस्तै कृषि लगायतका कृषकसँग सिधै जोडिने योजना समेत वडाबाटै किटानी भई आउने कृषि शाखा प्रमुख खुलालले जानकारी गराए ।

स्थनीय तह परिचालनसँगै पालिकाका सबै अगुवा कृषकलाई आधुनिक कृषितिर उत्प्रेरित गरिएको, नगदेबाली गर्ने कृषकलाई बजार पहँुच कार्यक्रम र बाँझो जग्गामा खेती गर्नेलाई प्रविधि हस्तान्तरण र अनुदानको व्यवस्था गर्ने कार्यक्रम यस वर्षदेखि सञ्चालन गरिने साथै जङ्गली जनावार (बाँदर) नियन्त्रणका लागि स्थानीय तह भित्रका व्यक्तिहरुलाई नक्कली भरुवा बन्दुक वितरण गरिएको कृषि शाखा प्रमुख खुलालले बताउनुभयो ।

photo20211030dolakha (1)

photo20211030dolakha (2)

उद्धव पोखरेल