खाद्य अधिकारमा गाउँपालिका प्रतिबद्धः अध्यक्ष चौधरी
खाद्य अधिकारको सवालमा गाउँपालिका गम्भीर रहेको पटेर्वा गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले बताए ।
पर्टेवा गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरद्वारा जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका सदस्यहरूका लागि आयोजित क्षमता अभिबृद्धि तथा अभिमूखीकरण तालिममा अध्यक्ष चौधरीले सो बताएका हुन् । तालिम दुई दिनसम्म सञ्चालन गरिने छ ।
चौधरीले गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा देखिएका समस्याहरूलाई निराकरण गर्नका लागि मानव अधिकार निगरानी समूहको भूमिका महत्वपूर्ण रहने बताए ।
जनप्रतिनिधि नआएको समयमा मानव अधिकार निगरानी समूहले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा गरेको विभिन्न क्रियाकलापकाले पारेका प्रभावका कारण सो क्षेत्रमा सुधार आएको उनको भनाई छ ।
तालिममा इन्सेक अभियान, मानव अधिकार अवधारणा, विकास, विकासको सैद्धान्तिक अवधारणा, स्थानीय स्तरमा देखिएका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवाल, अवस्था विश्लेषण, संविधान र मौलिक हक तथा आर्थिक सामाजिक एवम् सांस्कृतिक अधिकार र जनताको पहुँचको विषयमा सहजीकरण गरिने इन्सेक प्रदेश २ जनकपुर कार्यालयका कार्यक्रम फोकल पर्सन जागेश्वर यादवले बताए ।
तालिममा इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, कार्यक्रम फोकल पर्सन यादव, पर्सा जिल्ला प्रतिनिधि केसी लामिछाने र पर्टेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार चौधरीले सहजीकरण गर्ने फोकल पर्सन यादवले बताए ।
केसी लामिछाने
सम्बन्धित इन्सेक गतिविधिहरू
गण्डकीमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा गण्डकी प्रदेशमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा बाल अधिकार समूहहरूको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका…
गण्डकीमा मानव अधिकार समूह परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा प्रदेशस्तरीय मानव अधिकार समूह परिचालन बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा समूहको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका विषयमा छलफल गरिएको थियो…
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…