खाद्य अधिकारबारे अन्तरक्रिया सम्पन्न
इन्सेकले गरुडा नगरपालिकासँगको समन्वयमा गरुडा नगरपालिका-२ स्थित श्री मावि गेडहीगुठीमा खाद्य अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
श्री माविका विद्यार्थी रोहितकुमार सहनीले कक्षा ५ सम्म विद्यालयले दिवा खाजा कार्यक्रम सञ्चालन गरेको भएपनि कक्षा ६ भन्दा माथि पढ्ने विद्यार्थीका लागि खाजा खान टाढा जानुपर्ने भएकाले गाडीलगायत अन्य समस्या हुने भएकाले स्कुलमा नै क्यान्टिनको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
निशाकुमारी यादवले विद्यालयमा १ हजार ५ सय बालबालिकाका लागि एउटा मात्र धारा रहेकाले खानेपानीको उपयोगमा समस्या हुने गरेको बताउनु भयो ।
स्थानीय विनोद सहनीले सरकारका तर्फबाट बजार मुल्य तोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले पहुँचका आधारमा मल विक्री वितरण गर्ने गरेको आरोप लगाउनु भयो ।
शिक्षक सुमित्रा सहनीले दिवा खाजा खान बस्ने ठाउँको अभावले गर्दा खाजा खुवाउन कठिन भइरहेको बताउनभयो ।
कार्यक्रममा श्री मावि गेडहीगुठीका निमित्त प्रधानाध्यापक रामसेवक सहनीले यस्ता कार्यक्रम महिनैपिच्छे गर्नसके सबै नागरिक सचेत हुने अवसर मिल्ने बताउनुभयो ।
कोपिला तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…
वार्षिक कार्यक्रम समीक्षा सम्पन्न
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका…