खाद्य अधिकारका सम्बन्धमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने’ इएलपी परियोजना अन्तर्गत राजविराजमा पुस २७ गते खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा शिक्षक, अभिभावक, खाद्यसँग सम्बन्धित व्यक्तिहरू र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका खाद्य अनुसन्धान अधिकृत सुरेश सिंहले स्वस्थ्य भोजन नै स्वस्थ्य जीवन भएकाले भौतिक, रसायनिक र जैविक जोखिमबाट भोजन मुक्त हुनुपर्ने बताउनु भयो ।
बजार अनुगमन, सीप हस्तान्तरण र सचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिनुुहँदै सिंहले समग्र खाद्यलाई सुरक्षित राख्न उपभोक्ता सजग हुनुपर्ने बताउनु भयो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले खानाका लागि बाँच्ने नभई बाँच्नका लागि खानुपर्ने भएकाले स्वास्थ्यबद्र्धक र पोषणयुक्त खानापिनको वातावरणको माग गर्नु भयो ।
पत्रकार दिनानाथ यादवले बजारमा पाइने तरकारी, नास्तामा रसायनिक, हाइड्रो, क्याफिनको प्रयोग हुने भएकाले नियमित संयुक्त अनुगमन हुनुपर्ने माग गर्नु भयो ।
उपभोक्ता सचेत भएमा मात्र जिम्मेवार निकायलाई जबाफदेही बनाउन सकिने बताउँँदै इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले खाद्यको अधिकारलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखेर स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।
विद्यार्थी आकाश साहले कतिपय खाद्य सामग्रीमा पूर्ण लेबल नहुने गरेको, म्याद नलेखएिको वा लतपतिएर नबुझिने हुने गरेको गुनासो गर्नुभयो ।
रानु अर्यालले गुणस्तरीय आयातमा ध्यान नदिनाले बजारमा पाइने तरकारीमार्फत उपभोक्ताले विषादी खनु परेको आरोप लगाउनु भयो ।
नेपाल स्वास्थ्य फुड संयोजक प्रदिपकुमार मण्डलले विद्यालयहरूमा बिस्कुट, चाउचाउजस्ता फास्टफुड निषेध गरिए पनि खुवाउने गरिएको बताउनु भयो ।
मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबीर साहले खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतासम्बन्धी माौलिक हकलाई कार्यान्वयन गर्न उपयुक्त संयन्त्र निर्माण गर्नुपर्ने र खाद्यमा नागरिकको पहुुँच सुनिश्चित हुनुपर्ने बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…