खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिकामा खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम ०७८ फागुन १० गते पुतलीबजार नगरपालिका–१० स्थित राङ्गोलामा सम्पन्न गरिएको छ ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको कृषि सम्बन्धी कार्यक्रम, नीति तथा कार्यान्वयनको अवस्थाको बारेमा सरोकारवालाहरू लाई जानकारी दिने, सुझाव सङ्कलन गर्ने तथा समस्या पहिचान गर्ने उद्देश्यले सो कार्यक्रम को आयोजना गरिएको थियोे ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका कृषि शाखा प्रमुख मनिषा लामिछानेले नगरपालिकाले तयार गरेको कृषि कार्यक्रम र विनियोजन भएका योजनाहरूको कार्यपत्र पेश गर्नुभएको थियो ।
कार्यपत्रमा नव प्रवद्र्धन कृषि कार्यक्रम, उद्यमशीलता र व्यवसायिक कृषि कार्यक्रम लाई निरंन्तरता दिई कृषि लाई यान्त्रिककरण गरी व्यवसायिक कृषक अभिवृद्धी गर्ने लक्ष्य राखेर बिगत तीन वर्षदेखि निरन्तर नगरपालिकाले कार्य गर्दै आएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि पुतलीबजार नगरपालिका–१० का वडाध्यक्ष दुर्गा बहादुर शाहले कृषकहरूलाई प्रोत्साहित गर्दै लैजान आफ्नो टोल भरी प्रत्येक टोललाई एउटा हाते ट्याक्टर उपलब्ध गराएको जानकारी दिनुभयो ।
साथै इन्सेकका यस्ता कार्यक्रम बृहत रूपमा गरिनुपर्ने बताउनु भयो।
कार्यक्रमका एक सहभागी तारानाथ अर्यालले अनुदानमा वितरण गरिने बिउबिजन समयमा पाउन नसकेको गुनासो गर्दै अनुदान लिएका कृषकहरूको अनुगमन पनि गरिनुपर्ने बताउनुभयो ।
इन्सेकद्वारा पुतलीबजार नगरपालिकामा गठन गरिएको मानव अधिकार निगरानी समुहका अध्यक्ष तारा बहादुर थापाले इन्सेकले स्याङ्जाको दुई ओटा स्थानीय तहका विभिन्न वडाहरूमा सरोकारवालासँग यस्ता कार्यक्रमहरू गर्दै आएको र यस्ता कार्यक्रमका माध्यमबाट समस्या पहिचान गर्न सजिलो भएको बताउनुभयो ।
पुतलीबजार नगरपालिका –१० का वडा सदस्य राजन अधिकारीले पनि इन्सेकले आयोजना गर्ने यस्ता कार्यक्रमहरू निकै आवश्यक र प्रभावकारी रहेको भन्दै यसको निरन्तरता आवश्यक रहेको वताउनुभयो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यलयकी कार्यक्रम अधिकृत सवनम शर्माले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिम जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको छ । इन्सेकको आयोजनामा असार २०…
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…