खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम पुस २३ गते विनयी त्रिवेणी गाउँपालिका–१ को सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका कृषि शाखाका प्राविधिक मनोज चापागाईंले गाउँपालिकामा कृषि उत्पादनको अवस्था बारे जानकारी गराउदै प्रस्तुती गनर््ुभएको थियो ।
गाउँपालिकामा कृषि उत्पादन र मागको अवस्था तथा उत्पादनको बजार अनुगमनको विषयमा उहाँले जानकारी गराउनुभयो ।
गाउँपालिकामा कोल्ड स्टोर निर्माण चरणमा रहेको जानकारी गराउदै उहाँले गाउँपालिकाको बजार क्षेत्रमा नियमित रुपमा हुनुपर्ने बजार अनुगमन हुन नसकेको भन्दै बजार अनुगमनलाई सम्बन्धित पक्षले नियमित गराउनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले कृषि तथा पशुपालनको क्षेत्रमा दिएको सेवा सुविधाको बारेमा छलफल गरेका थिए ।
उनीहरुले आर्गनिक खाद्य उत्पादन, कोल्ड स्टोर निर्माण लगायतको बारेमा गाउँपालिकाबाट भएको कार्य बारे छलफल गरेका थिए ।
कार्यक्रममा इन्सेकद्वारा विनयी त्रिवेणी गाउँपालिकामा गठन गरिएकाे मानव अधिकार समुहका अध्यक्ष धर्म बहादुर जि.सी.ले गाउँपालिकामा मानव अधिकारको प्रर्बद्धनमा आफूहरु क्रियाशिल रहदै आएको बताउनुभयो ।
तिर्थराज डुम्रे
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…