खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७८ कात्तिक १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा खाद्यको अधिकारसम्बन्धीे अन्तरक्रिया कार्यक्रम कात्तिक १७ गते बन्दिपुर गाउँपालिका–१ स्थित पशुपन्छी शाखाको कार्यालयमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले संविधानले खाद्य अधिकारलाई मौलिक हकमा समावेश गरेको हुँदा स्थानीय सरकारको रुपमा रहेको गाउँपालिकाले पनि खाद्य अधिकारलाई कार्यक्रमको रुपमा समाविष्ट गर्नु पर्ने बताउनुभयो ।

photo20211105Tanahun1

गाउँपालिकाले कृषि तथा पशु सेवासम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको भन्दै उहाँले सो बारे गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रमहरु बारे जानकारी दिनुभयो ।

गाउँपालिकाद्वारा सञ्चालित कृषि तथा पशुसम्बन्धी विभिन्न कार्यक्रममा नागरिकहरुले सेवा लिन आउनमा जाँगर नचलाएको भन्दै उहाँले सरकारले दिएका सेवाको उपभोगतामा चासो राख्नुपर्ने बताउनुभयो ।

वडाध्यक्ष पोख्रलले कृषकहरु व्यसायिक हुनुपर्ने भन्दै सोको लागि गाउँपालिकाबाट हुन सक्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

वडा वडामा कृषि तथा पशु सेवाको प्राविधिकहरु नियुक्ती, आलुको विउमा अनुदान, प्लाष्टिक टनेल निर्माण, धानको बिउमा अनुदान, घाँसको बिउमा अनुदान, सुत्केरी भैसीलाई भत्ता, दुधमा अनुदान लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिए ।

Photo20211105Tanahun2

अहिले खाद्यमा भएको विषादीको प्रयोग र मिसावटले दिर्घकालिन रोगहरू लाग्न थालेको भन्दै उहाँले करेसा बारीको प्रयोग बारे बताउनुभयो ।

आफ्नो भान्सामा पाक्ने तरकारी आफ्नो बारीमा उत्पादन गर्न सक्नुपर्ने बताउँदै यसले कुहिने फोहोरको पनि व्यवस्थापनमा सहयोग गर्ने जानकारी दिनुभयो ।

नाहाला टोल विकास संस्थाका अध्यक्ष दानबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकाका कृषि तथा पशु शाखाका अधिकृत मधुविलास न्यौपानेले बन्दिपुर गाउँपालिकाम कृषिको प्रचुर सम्भावना रहेको र कृषकहरुलाई पनि अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

Photo20211105Tanahun3

बेमौसमी तरकारी खेती मार्फत कृषकहरुलाई व्यसायिकरण गर्ने, बाख्रा पालन, भैसी पालन र कुखुरा पालन गर्ने कृषकलाई अनुदानको कार्यक्रम, हाते ट्रयाक्टरमा ५० प्रतिशत अनुदान, जग्गाको चक्लाबन्दी कार्यक्रम, कोल्ड स्टोरको निर्माण, घाँस खेतीमा सत प्रतिशत अनुदान, भैसी पालनमा कृषकलाई आकर्षित गर्न सुत्केरी भैसीलाई भत्ता लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिनुभयो ।

प्रकाशचन्द्र भट्टराई