खजुरा गाउँपालिकामा वातावरण अधिकारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
इन्सेक नेपालगञ्ज र खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूहको आयोजनामा वातावरण अधिकार सम्वन्धी कार्यशाला गोष्ठी कात्तिक २१ गते खजुरामा सम्पन्न भएको छ ।
खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले विभिन्न संघसंस्थाहरूसँग समन्वय सहकार्य गरी मानव जीवनकालागि वातावरण अपरिहार्य भएको गाउँपालिकाले योजना सहित कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
खजुरा गाउँपालिका–३ काा वडाध्यक्ष पुर्णबहादुर भण्डारीले कार्यपालिकामा मङ्सिर ३ गते विषयमा कार्यपालिकाको बैठकमा प्रस्ताव राख्ने र गाउँपारिषद्मा बजेट बिनियोजन गरी प्रत्येक वडालाई अनिवार्य रुपमा कार्यान्वयन कालागि प्रस्तााव पेश गर्ने प्रतिवद्धता गर्नु भयो ।
सामाजिक विकास समिति संयोजक कृष्णकुमारी पोख्रेल विकले समुदायमा असल नागरिकको भूमिका निर्वाह गरी खबरदारी गर्नका लागि नागरिक सचेत हुनुपर्ने सुझाव दिनु भयो ।
न्यायीक समिति सदस्य मैसरी पुनले वातावरण मानव जीवनसँग गासिएको कुरा भएकोले वातावरण स्वच्छ र सफा राख्न सबैले भूमिका खेल्नु पर्ने बताउनु भयो ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि कालिका नगरपालिकामा गठन भएको मानव अधिकार समूहले कालिका नगरपालिका प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र…
बाल अधिकार सचेतना समूहद्वारा लैंगिक हिंसा विरूद्धको सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, भाटनपुर्वा गठित बाल अधिकार सचेतना समूहले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १५ गते लैंगिक हिंसाविरूद्धको सडक नाटक प्रदर्शन गरेको छ…
जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिका–४ स्थित श्री शिव शक्ति माध्यमिक विद्यालयमा गठन गरिएको बालअधिकार सचेतना समूहले ०८० मङ्सिर १३ गते सोही गाउँपालिकाको बजार चौकमा जनचेतनामूलक सडक नाटक…
माछापुच्छ्रे गाउँपालिकालाई मानवअधिकार समूहको १३ बुँदे ध्यानकर्षण पत्र
माछापुच्छ्रे गाउँपालिकाको मानवअधिकार समूहले गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी र प्रमुख प्रशासकिय अधिकृत गोपिकृष्ण अर्याललाई १३ बुँदे माग राख्दै मङ्सिर १४ गते ध्यानकर्षण पत्र बुझाएका छन् । मानव…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर १२ गते शम्भुनाथ नगरपलिका–१० लहरनिया टोलमा सडक नाटक प्रदर्शन गरेका छन्…