खजुरा गाउँपालिकामा वातावरणकाे अधिकार तथा सरसफाई सम्बन्धी ध्यानाकर्षण पत्र

  ०८० जेठ १२ गते

इन्सेकद्वारा गठित खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूह र बाल अधिकार सचेतना समूहले संयुक्तरूपमा वातावरण अधिकार तथा सरसफाई सम्बन्धी ध्यानाकर्षण पत्र जेठ ११ गते बुझाएको  छ ।

मानव अधिकार समूहले बजार तथा किरण नाला फोहर व्यवस्थापन, उद्योग कलकारखाना सञ्चालन गर्दा वातावरणीय पक्षलाई पालना गरे नगरेको अनुगमन गर्नुका साथै दिशा मुक्त क्षेत्र घोषणा भएपनि शौचालय नभएको र प्रत्यक्ष वातावरणमा असर पारेकोले खजुरा गाउँपालिकाका १,२,३,६,७ र ८ का वडाहरूमा शौचालय भए नभएको अनुगमन गरी तथ्याङ्क सङकलन तथा गरेको आधारमा ध्यानाकर्ष पत्र बुझाएको हो ।

तथ्याङ्क अनुसार ८७ घरधुरीमा शौचालय नभएको र २९ घरधुरीले शौचालय बनाउन नसक्ने विपन्न तथा दलित परिवार रहेको तथ्याङ्क समूहले निकालेको थियो । समस्या समाधानका तथा  कार्यान्वयनका लागि समूहले वडा कार्यालय तथा गाउँपालिकामा बुझाउने तयारी गरेको थियो । जसमध्ये सबै भन्दा बढी ७ नं.वडामा  देखिएकोले वडा अध्यक्ष रामगोपाल यादवलाई ध्यानाकर्षण पत्र बुझाएको मानव अधिकार समूही संयोजक कौशिकी यादवले बताउनु भयो ।

यसैगरी, नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले छात्रवृत्ति प्राप्त नभएको र विद्यालय व्यवस्थापन समिति निर्वाचित भएको चार महिना बितिसक्दा पनि गठन हुन नसकेकोले विविध समस्या विद्यालयमा आउने गरेको हुँदा यथासिघ्र समाधानका लागि पहल गरी दिन वडा अध्यक्षसँग माग गरे ।

मानव अधिकार समूहले खजुरा गाउँपालिकामा पनि  जेठ ११ गते कार्यपालिका सदस्य धनीराम वलीलाई ध्यानाकर्ष पत्र बुझउदै समस्या समाधानका लागि पहल गर्न अनरोध गरेका थिए ।

वलीले आफूहरू कार्यान्वयन गर्ने निकायमा रहेकोले उत्तरदायी हुनुपर्ने भन्दै उक्त ध्यानाकर्षण पत्र कार्यपालिका बैठकमा पेश गरेर छलफलबाट समाधानको पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।

Photo2023052503banke

Photo2023052502banke

लक्ष्मी थारू