क्षेत्रीय स्तरमा वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय, धनगढीको आयोजनामा क्षेत्रीय स्तरमा सञ्चालित कार्यक्रमहरूको वार्षिक समीक्षा असार ३० गते धनगढीमा सम्पन्न भएको छ ।
समीक्षामा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले सञ्चालन गरेका विभिन्न क्रियाकलापमा आबद्ध रहेर वर्षभरी कार्य सम्पादन साफलताका साथ गरेको भन्दै क्षेत्रीय कार्यालयमा कार्यरत कर्मचारी, जिल्ला प्रतिनिधि र ग्रामीण तहमा रही कार्य गर्ने सहजकर्तालाई धन्यवाद ज्ञापन गरे ।
गौतमले जिम्मेवार निकायलाई जवाफदेही बनाउने काम जोखीमपूर्णसमेत हुँदाहुँदै पनि सहजै कार्यक्रम सम्पन्न गर्नु भएकोमा धन्यवाद दिँदै आगामी दिनमा समेत प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।
इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक खडकराज जोशीले इएलपी कार्यक्रमले जिम्मेवार निकायलाई जवाफदेही बनाएर समाजमा परिवर्तनको लागि थप प्रयास गरेको बताए ।
समीक्षामा कैलाली, कञ्चनपुर र डोटी जिल्लामा कार्यरत सहजकर्ताहरूले वर्षभरी गरेका क्रियाकलापहरूको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्बन्धित इन्सेक गतिविधिहरू
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…
रामेछापमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम
संविधान दिवसको अवसरमा ०८० असोज ३ गते रामेछापमा विविध कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते मन्थलीमा र्याली सहितको प्रवचन कार्यक्रम सम्पन्न भएको छ । संविधान…
मानव अधिकार रक्षकका लागि मनोसामाजिक तालिम
मानव अधिकार रक्षकका लागि मनोसामाजिक प्राथमिक उपचार विषयक पुनर्ताजगी तालिम सुर्खेतमा सुरु गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा असोज ३ गतेदेखि सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा सामाजिक विकास मन्त्रालय…
राष्ट्रिय बाल दिवसमा प्रभातफेरी र हस्ताक्षर सङ्कलन
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ५९औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सप्तरीको शभ्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा भदौ २९ गते प्रभातफेरी र हस्ताक्षर सङ्कलन अभियान सम्पन्न…