क्षमता अभिवृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य तथा सरोकारवालाहरूका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी तालिम फागुन २ गते जनकपुरमा सम्पन्न गरिएको छ ।
स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउन मानव अधिकार निगरानी समूह तथा सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न उक्त तालिमको आयोजना गरिएको हो ।
तालिममा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पञ्जियारले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि निगरानी गरिदिन र सल्लाह, सुझाव दिन आग्रह गरे ।
यि क्षेत्रमा कार्य गर्न नगरपालिकामा विषयगत समिति समेत रहेको हुँदा उक्त समितिले गर्ने कार्यको निगरानी गर्न सकिए शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार हुँदै जाने उनले बताए । यसका लागि नगरपालिकासँग समन्वय गरेर सहयोगी भूमिका निर्वाह गर्नु जरुरी रहेको उनको भनाई थियो ।
इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले आवाज विहीनहरूको आवाज बनेर स्थानीय समुदायमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार क्षेत्रमा कार्य गर्न यो तालिम प्रभावकारी हुने बताए ।
राज्यका निकाय तथा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरेर ग्रामीण तहका जनताको अधिकार प्रत्याभूत गर्न मानव अधिकार निगरानी समूहले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा उनले जोड दिए ।
क्षिरेश्वरनाथ नगरपालिकाका प्रशासकीय अधिकृत उपसचिव इन्द्रदेव यादवले मानव भएर जन्मेपछि मानव भएर बाँच्न मानव अधिकार जरूरी रहेको बताए ।
मानव अधिकार राज्यले प्रत्याभूत गर्ने विषय भएको उल्लेख गर्दै उनले जनताका अधिकार प्रत्याभूतिका लागि नगरपालिका इन्सेकसँग मिलेर सहकार्य गर्ने बताए ।
राष्ट्रिय मानव अधिकार अयोगका अधिकृत इन्द्रजित सहनीले जनताका आधारभूत अधिकार गास, बास र कपास तथा स्वास्थ्यका कुरा रहेको उल्लेख गर्दै क्षिरेश्वरनाथ नगरपालिकाले जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चितका लागि प्राथमिकता दिने विश्वास व्यक्त गरे ।
तालिममा निगरानी समूहका पदाधिकारी तथा सरोकारबाला निकायहरु गरी २८ जनाको सहभागिता रहेको थियो ।
इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम
सम्बन्धित इन्सेक गतिविधिहरू
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…
प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु
यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उक्त…
बाल अधिकार सचेतना समूहद्वारा कार्य योजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १४ गते कार्य योजना बैठक सम्पन्न गरेको छ ।…