क्षमता अभिवृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम असोज १६ गते नेपालगञ्जमा सम्पन्न गरिएको छ ।
इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाँके र बर्दिया जिल्लामा सञ्चालित विद्यालयका बाल अधिकार चेतना समूहका सदस्य, संरक्षक शिक्षक, युवा समूहका पदाधिकारीहरूको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको इन्सेक प्रदेश ५ का संयोजक भोला महतले बताए ।
तालिममा इन्सेक अभियान र मानव अधिकार, बाल अधिकार, नेपालको संविधानमा शिक्षाको अधिकार र बालमनोविज्ञान, बालमैत्री विद्यालय र दण्डरहित शिक्षा, बाल भित्ते पत्रिका प्रकाशन, बाल अधिकार प्रवर्धनमा स्थानीय तहको भूमिका, समस्या पहिचान र आर्थिक कार्ययोजना निर्माणका विषयमा प्रशिक्षण दिइएको कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बताइन् ।
तालिममा अधिवक्ता सुनिल श्रेष्ठ, पत्रकार ठाकुरसिंह थारू, इन्सेकका संयोजक भोला महत, कार्यक्रम फोकल पर्सन सरस्वती मल्ल, नगर शिक्षा शाखाका गोर्खबहादुर थापालगायतले सहजिकरण गरेको फोकल पर्सन मल्लले बताइन् ।
तालिममा बाँके, बर्दियाका बाल अधिकार चेतना समूह, संरक्षक शिक्षक, युवा समूहका गरी ५० जनाको सहभागिता रहेको थियो ।
इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज
सम्बन्धित इन्सेक गतिविधिहरू
अन्तरजातीय विवाह घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्षले अन्तरजातीय विवाह घटनाकी पीडित सप्तरी जिल्ला खडक नगरपालिका–४ पन्सेरा टोलकी २२ वर्षीया आरती कुमारी पासमानलाई…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक तेहृथुम जिल्ला प्रतिनिधिले २०२४ को जनवरीदेखि डिसेम्वर…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १९ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक…
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…