कोभिड–१९ ले शिक्षा क्षेत्रमा असर पारेको छः सरोकारवाला
कोभिड–१९ सङ्क्रमणले शैक्षिक क्षेत्रमा बढी असर पारेको सरोकारवाला निकायले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश कार्यालयको आयोजनामा नगरस्तरीय मानव अधिकार समूह चाँगुनारायणको समन्वयमा मङ्सिर १९ गते सम्पन्न भएको कोभिड–१९ सङ्क्रमणका कारण शिक्षा क्षेत्रमा पारेको प्रभाव र आगामी शैक्षिक नीति योजना विषयक शिक्षा अधिकारसम्बन्धी सरोकारवाला निकाय शिक्षक, अभिभावक, विद्यार्थीहरू बीचको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले शिक्षा क्षेत्रमा नराम्ररी प्रभाव पारेको बताएका हुन् ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. १ का वडाध्यक्ष राजेश खड्काले लामो समय विद्यालय बन्द हुँदा पनि पहिले जस्तै विद्यालय खोल्न जोखिम हुने भन्दै यसको न्यूनिकरण गर्न हाल विद्यालयहरूले भर्चुअल कक्षाबाट पठनपाठन गराइरहेकाले विद्यार्थीहरूले सोही कक्षामा लगनशील भएर अध्ययन गर्न आग्रह गर्नुभयो ।
उहाँले शिक्षक, अभिभावकमा पठनपाठन बन्द हुँदा बालबालिकाको शैक्षिकस्तर घट्ला भन्ने चिन्ता भन्दा पनि सुुरक्षित प्रक्रिया अपनाई, नगरपालिकाले दिएको निर्देशन अनुसार अध्ययन अध्यापन गर्न आग्रह गर्नुभयो ।
सम्भव भएसम्म शीघ्र विद्यालय सञ्चालन गरिने र यहाँ भित्र रहेका शैक्षिक समस्यालाई हल गर्न आवश्यक नीति तथा योजना बनाई समाधानका लागि अग्रसर हुने वडा अध्यक्ष खड्काले बताउनुभयो ।
यसैगरी, चाँगुनारायण माध्यामिक विद्यालयका प्राचार्य एवम् चाँगुनारायण नगरस्तरीय शिक्षा समितिका सदस्य दधिराम गेलालले लामो समय पठनपाठन बन्द हुँदा विद्यार्थीमा नकारात्मक प्रभाव पर्ने हो कि भन्ने चिन्ताले नगरपालिकाको सम्पूर्ण विद्यालयमा अनलाइन कक्षाहरू सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले पढ्ने इच्छा हुँदाहुँदै पनि कोभिड–१९ को कारणले शिक्षालाई बैकल्पिक माध्यमबाट निरन्तरता दिनुपर्ने भएकाले इन्टरनेट र अनलाइन कक्षा पढ्न आवश्यक प्रविधिका अभावमा सुरक्षाका मापदण्ड अपनाएर विद्यालय मै कक्षा सञ्चालन गराउन समेत प्रक्रिया अगाडि बढाउन नगरपालिकाले पहल गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका शिक्षा शाखा अधिकृत दिनेश अर्यालले कोभिड–१९ का कारण सम्पूर्ण क्षेत्र नै प्रभावित भएको अवस्थामा शिक्षा क्षेत्र पनि त्यसबाट वञ्चित हुन नसकेको, अनलाइन कक्षा सञ्चालनमा ल्याए पनि सबै विद्यार्थीमा पुर्याउन आवश्यक नीति ल्याउन नसकेको, चाँगुनारायण नगरपालिका कम जोखिम रहेकाले सरकारले ल्याएको विद्यालय सञ्चालन निर्देशिका जारी गरेको, भर्चुअल तथा अनलाइन कक्षाका लागि शिक्षक शिक्षिकालाई प्रविधिमैत्री शिक्षा दिन क्षमता अभिवृद्धि तालिम दिएको जानकारी दिनुभयो ।
शिक्षिका अष्टलक्ष्मी श्रेष्ठले विद्यालयका सबै विद्यार्थी अनलाइन कक्षाको पहुँचमा नुपुगेकाले समस्या परेको बताउनुभयो । विद्यार्थी सरस्वती सुनारले भौगोलिक अबस्थाका कारण मोवाइल, ल्यापटप, इन्टरनेटको अभावले पढ्न नपाएको, अनलाइन कक्षा पढ्न पनि सुविधायुक्त वातावरण मिलाउने समस्या परेको बताउनुभयो । अर्का विद्यार्थी रमेश थापाले अनलाइनबाट पनि शिक्षा लिन पाउँदा विद्यार्थीको क्षमतामा भने विकास भएको बताउनुभयो ।
कार्यक्रममा अभिभावकहरूले अनलाइन कक्षा मङ्हगो भएको, एकै परिवारमा दुई तीन जना बच्चा हुनेले सबैलाई प्रविधिको जोहो गरिदिएर अनलाइन कक्षामा सहभागिता गराउन नसकेको बताउदै निःशुल्क अनलाइन शिक्षाको व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।
मानव अधिकार समूहका संयोजक बच्चुराम न्यौपानेले शिक्षा लिने अवसरबाट कोही पनि बञ्चित हुन नपरोस भन्दै कोरोना भाइरसको जटिल अवस्थालाई मध्यनजर गर्दै शैक्षिक वातावरण आदान प्रदान गर्न गराउन सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।
रमेश गिरी
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम…
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…